गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
बरिष्ठ लोकदोहोरी गायिका लक्ष्मी न्यौपानेले नयाँ तीज गीत ‘म त मसक्कै’ बजारमा ल्याएकी छिन्। शुक्रबार सार्वजनिक मौलिक तीज गीतले एक लाख भ्यूज बटुलेको छ ।
यसै गीतबाट लक्ष्मीकी छोरी निहारिकाले अभिनयमा डेब्यु गरेकी छन् । सार्वजनिक गीतमा सागर लम्साल, अञ्जली अधिकारी र निहारिका रेग्मीको अभिनय तथा नृत्य देख्न सकिन्छ।
आफ्नै अफिसियल युट्युवमार्फत सार्वजनिक गीतमा लक्ष्मीकै स्वर र संगीत रहेको छ । उनीसहित शारदा न्यौपाने बस्यालको शब्द रहेको गीतमा श्यामश्वेत रसाइलीको संगीत संयोजन छ ।
यो गीत दुई दशकअघि सार्वजनिक भएको चर्चित गीत हो । पुरानै गीतलाई उनले पुनर्जीवन दिएकी हुन् ।
भिडिओमा स्मृति तिमिल्सिना (गुरूआमा) को कोरियोग्राफी तथा निर्देशन छ । बुद्ध थापाले खिचेको भिडिओलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।
तीजको रौनकलाई उजागर गर्दै तयार पारिएको यस गीतमा आकर्षक नृत्य र सांगीतिक समायोजनलाई विशेष ध्यान दिइएको छ ।
तीन दशकदेखि गायनमा सक्रिय लक्ष्मीका थुप्रै गीतहरु चर्चित छन् । मै माग्थेँ बालापन, टलटल टलिकनलाई, तीज आयो राजै, झल्को माइतीको, जस्ता हिट तीज गीतहरू हुन् ।
अन्य चर्चित तीज गीतहरूः
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
राजु–देवी जोडीको ‘झलिको झलल’ गीतमा लाखौं टिकटक भिडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’