जनप्रतिनिधिको असामयिक निधन: गल्याङ नगरपालिकामा बुधबार शोक बिदा

जनप्रतिनिधिको असामयिक निधन: गल्याङ नगरपालिकामा बुधबार शोक बिदा

Galyang mun-pic

स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ३ का वडा सदस्य तथा नगरसभा सदस्य नारायण बहादुर थापाको निधनप्रति गल्याङ नगरपालिकाले गहिरो शोक व्यक्त गर्दै साउन १४ गते (बुधवार) शोक बिदा दिने निर्णय गरेको छ ।

वि.सं. २०१७ साल भाद्र १४ गते साविक तिनदोवाटे गाविसमा जन्मिएका थापा स्थानीय तह सदस्य निर्वाचन २०७९ मा निर्वाचित भई हालसम्म वडा सदस्यको रूपमा कार्यरत थिए । उनले गल्याङ नगरपालिका तथा समुदायको समर्पित सेवामा उल्लेखनीय योगदान पुर्‍याएका थिए । उनको ६५ वर्षको उमेरमा सोमबार निधन भएको थियो ।

नगरप्रमुख गुरुप्रसाद भट्टराईले एक शोक विज्ञप्तिमार्फत थापाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । विज्ञप्तिमा उल्लेख गरिएको छ कि स्वर्गीय थापा नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धासमेत रहेका थिए ।

नगरपालिकाका अनुसार बुधवार (साउन १४ गते) नगर कार्यपालिकाको कार्यालयमा शोक बिदा दिइनेछ । नगरप्रमुख भट्टराईले दिवङ्गत थापाको योगदान सदैव स्मरणीय रहने बताउँदै “गल्याङले एक निष्ठावान, अनुभवी र जनप्रिय प्रतिनिधि गुमाएको” उल्लेख गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ