पोखरा १५ वडाबासीका लागि ४ दिनसम्म निःशुल्क दन्त परीक्षण शिविर

दन्त शिविर

पोखरा १५ वडाबासीका लागि ४ दिनसम्म निःशुल्क दन्त परीक्षण शिविर

साउन १५, १६, १८ र १९ गते शिविर सञ्चालन हुने

Pokhara 15 Office

पोखरा महानगरपालिका वडा नंं. १५ कार्यालयले आफ्ना वडाबासीका लागि चार दिनसम्म निःशुल्क दन्त परीक्षण शिविरको व्यवस्थापन गरेको छ ।

पोखरा कम्युनिटी सेन्टरको आयोजना तथा पोखरा १५ कार्यालयको समन्वयमा अमेरिकाको किर्कल्याण्ड कर्नरस्टोन डेन्टलबाट डा. से जिन एन को चिकित्सकीय टोलीले जाँच गर्ने वडा अध्यक्ष तोरणबहादुर बानियाँले जानकारी दिए । दन्त सम्बन्धी समस्या भएकालाई यस शिविर लाभदायक हुने बानियाँको विश्वास छ ।

साउन १५ र १६ गते वडा कार्यालय परिसर र साउन १८ र १९ गते पोखरा कम्युनिटी सेन्टर स्यानीपाटनमा शिविर चल्ने वडा सचिव युवराज पौडेलले जनाए । यी चार दिन नै बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म स्वास्थ्य जाँच हुनेछ ।

शिविरमा सहभागी भई दाँत सम्बन्धी जाँच गरी लाभ लिनुहुन वडा सदस्य आशिष भण्डारीले अनुरोध गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds