मंगलबार बिहान करिब ६:१५ बजे स्याङ्जाको गल्याङ नगरपालिका –१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा सवारी चेकजाँचको क्रममा लागू औषधसहित एक युवक पक्राउ परेका छन् ।
वि.सं. २०८२ साल साउन १३ गते अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको टोलीले भैरहवाबाट पोखरातर्फ गइरहेको ना ५ ख ६९४७ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा नवलपरासी (पूर्व) विनयत्रिवेणी गाउँपालिका –७ शिवपुर घर भएका ३१ वर्षीय कृष्ण बहादुर रानालाई शंकास्पद अवस्थामा जाँच गर्दा ठूलो परिमाणमा नियन्त्रित लागू औषध फेला परेको हो ।
प्रहरीले रानाको साथबाट ओनेरेक्स १०० एमएलका १० बोतल, ट्रमाडोल क्याप्सुल ८४ ट्याब्लेट, नाइट्राभेट ६० ट्याब्लेट, बुप्रेनोर्फिन इन्जेक्सन ५९ एम्पुल, फेनेरागन ५९ एम्पुल, डाइजेपाम इन्जेक्सन ५९ एम्पुल र सिरिन्जसहितको सुई एक थानसहित ठूलो मात्रामा नियन्त्रित लागू औषध बरामद गरेको जनाएको छ ।
पक्राउ परेका रानालाई लागू औषधसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइ स्याङ्जा जिल्ला अदालतबाट १५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
प्रहरीले लागू औषध नियन्त्रण तथा ओसारपसार विरुद्धको निगरानी अझ कडा बनाइएको भन्दै आगामी दिनमा यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कडाभन्दा कडा कारबाही गरिने जनाएको छ ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
नवौं संस्करणको वालिङ महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो