कल्याण शेरचनको प्रतिमा निर्माण

कल्याण शेरचनको प्रतिमा निर्माण

kalyan shrechan

पोखरा । प्रसिद्ध लोकगायक कल्याण शेरचनको पूर्णकदको प्रतिमा निर्माण गरिएको छ ।

कल्याण शेरचन स्मृति प्रतिष्ठान, पोखराले निर्माण गरेको उक्त प्रतिमा पोखरा–१८, सहिद पार्कमा स्थापना गर्न लागिएको हो । स्मारकस्थल अन्तिम चरणमा पुगेको प्रतिष्ठानले जनायो । वरिष्ठ कलाकार विष्णुप्रसाद बरालले बनाएका हुन् ।

प्रतिष्ठानको वार्षिक साधारण सभामा अध्यक्ष क्या. पूर्णबहादुर गुरुङ ह्योल्मोले स्मारक निर्माणमा सबैले दिलैदेखि खुलेर सहयोग गर्न आग्रह गरे । उनले भने, ‘कल्याणले बिर्सनै नसकिने योगदान दिएर जानुभएको छ । हामीले पनि उहाँको उदाहरणीय स्मारक बनाउन लागेका छौं । यसमा सबै जुटौँ ।’

प्रमुख आमन्त्रित व्यक्तित्व प्रतिष्ठान सल्लाहकार तथा पोखरा प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकालले कल्याण शेरचन बहुआयामिक व्यक्तित्व भएको उल्लेख गर्दै उनका साथ रहँदाको स्मरण गरे । उनले स्व. शेरचनका स्मरणीय तस्बिर प्रतिष्ठानलाई हस्तान्तरणसमेत गरे ।

अर्का सल्लाहकार पोखरा महानगरपालिकाका वरिष्ठ कानून अधिकृत नारायणप्रसाद पौडेलले स्मारक निर्माण मात्र होइन, दिगो संरक्षणमा पनि ध्यान दिनुपर्ने बताए ।
हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले कल्याण शेरचन प्रतिभाशाली व्यक्तित्व भएको स्मरण गर्दै उनलाई अमर राख्न प्रतिष्ठानले पु¥याएको योगदानको प्रशंसा गरे ।

थकाली सेवा समितिका अध्यक्ष तेजेन्द्र तुलाचनले समितिले स्मारक निर्माणमा सहयोग गर्ने निर्णय गरिसकेको बताउँदै थप सहयोगका लागि पनि तयार रहेको बताए ।
सल्लाहकार तेजबहादुर गुरुङले कल्याण शालीन र प्रेरणादायी व्यक्तित्व भएको स्मरण गर्दै प्रतिमा निर्माण प्रशंसनीय कार्य भएको बताए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्रृजन गुरुङले स्वागत तथा सचिव जीवन दाहालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रेमराज अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस अवसरमा कलाकार तारापति सुवेदी र मञ्जु विकले कल्याण शेरचनले गाएका ‘सुख ज्यानलाई गुँदरी काम्लो’ र ‘कलिलो तामालाई, सोध रामलाई’ गीत प्रस्तुत गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ