कोटीहोम लगाउँदा पोखराका चौताराका वरपिपल काट्ने ७ जनाविरुद्ध मुद्दा दर्ता

मुद्दा दर्ता

कोटीहोम लगाउँदा पोखराका चौताराका वरपिपल काट्ने ७ जनाविरुद्ध मुद्दा दर्ता

katiyeko chautaro

पोखरा । डिभिजन वन कार्यालय कास्कीले पोखरा महानगरपालिकाका सार्वजनिक स्थानमा रहेका चौतारीका वरपिपलका रुखहरु कटान गरेको आरोपमा ७ जनाविरुद्ध मुद्दा चलाएको छ ।

कार्यालयले पोखरामा कोटीहोम लगाउने भन्दै वरपिपलका रुखहरु कटान गरेको आरोपमा कोटीहोम आयोजक मानवसेवा फाउण्डेशन नेपालका प्रबन्धक विष्णु राज गिरीसहित ७ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्धा दायर गरेको हो ।

गिरीसहित पोखरा–१४ का ताराप्रसाद तिवारी, योगमाया बराल, अर्जुनबहादुर कार्की, रामकृष्ण अधिकारी, ज्ञानेन्द्र सार्की र रमेश पौडेलविरुद्ध मुद्दा दायर भएको हो ।

कार्यालयले उनीहरुविरुद्ध वन ऐन, २०७६ को दफा ४९ (घ) वमोजिमको कसुरमा सोही ऐनको दफा ५० को उपदफा (१४) बमोजिम सजाय हुन समेतको अभियोग लगाएको छ ।

पोखरा–१४ स्थित शुभमार्ग टोलमा रहेका चौतारीका वर पिपल लगायतका रूखका हाँगाहरू ऐन, नियमावली अनुसार प्रकृया नै नपु¥याई आफूखुसी काटेको, कानून विपरित सम्झौता गरी समिदा बनाउन कोटिहोमका लागि भनी भरपाई गरी लिने दिने गरेको डिभिजन वन कार्यालयको ठहर छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds