पोखरा । नेकपा एमाले पोखरा महानगरपालिका– ६ बैदाम वडा कमिटीले शनिबार फेवाताल वरिपरि सरसफाइ गरेको छ । बर्खायाममा पानीको सतह बढेसँगै ताल वरीपरी फोहोर बढेको भन्दै एमालेको वडा कमिटीले सरसफाई कार्यक्रम राखेको हो ।
एमाले बैदामका वडा कमिटी अध्यक्ष जमुना पराजुलीको नेतृत्वमा भएको सरसफाई अभियानका क्रममा फेवाताल वरीपरी छरिएका मदिरा र पानीका बोतल, प्लाष्टिक, कप लगायत फोहोर संकलन गरिएको थियो । फेवाताल सरसफाई अभियानबाट २० बोराभन्दा बढी फोहोर संकलन गरेर पोखरा महानगरको फोहोमैला संकलन गर्ने गाडीमा पठाएको अध्यक्ष पराजुलीले बताइन् ।
‘हामीले फोहोर संकलन गर्न २० वटा बोरा लगेका थियौं, बोरा भरिएर फेरी स्थानीयको डोकोमा फोहोर संकलन गरेर महानगरका गाडीमा पठायौं,’ उनले भनिन्, ‘हामी अब फेवाताल सफाई अभियानलाई निरन्तरता दिन्छौं ।’
पार्टीको वडा कमिटी बैठक बसेर फेवाताल सफाई अभियान चलाउने निर्णय गरिएको भन्दै उनले पार्टीले अघि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’ कार्यक्रम पुरा गर्न पनि राजनीतिक दलले सामाजिक काम गर्नुपर्ने बताइन् । फेवाताल राष्ट्रकै गहना भएकाले स्वच्छ र सफा राख्न सरकारको मात्र मुख ताक्न नहुने उनको भनाई छ ।
‘फेवाताल सफा राख्ने दायित्व सरकारको मात्र होइन, हामी सबैको हो,’ उनले भनिन्, ‘फेवाताल राष्ट्रकै गहना हो, यसलाई जोगाउन सके पोखराको पर्यटन र प्रकृति पनि जोगिन्छ ।’
सरसफाई अभियानको शुरुवात गण्डकी प्रदेशका एमाले सांसद देवका पहारीले गरेकी थिइन् भने पोखरा– ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराइले समापन गरेका थिए ।
सरसफाई अभियानमा नागरिक समाज कास्कीका अगुवा रामबहादुर पौडेल, सामुदायिक सेवा केन्द्र बैदामका प्रतिनिधिहरु, जलारी समुदाय, फुटपाथ व्यवसायी, स्थानीय आमा समुह, व्यवसायी, स्विमिङ पुलका डुङ्गा व्यवसायी लगायतको सहभागिता थियो ।
सरसफाई अभियानका क्रममा फुटपाथ व्यवसाय व्यवस्थित गर्न पनि स्थानीयले आवाज उठाएका थिए । सडकमा हिड्ने पर्यटकलाई बाधा हुन नहुने, फोहार गर्न नदिने र धुँवाधुलो गर्न नदिने गरी फुटपाथ व्यवसाय संचालन गर्नुपर्ने उनीहरुको माग छ । फुटपाथ व्यवसायलाई व्यवस्थित गर्न पोखरा महानगरसँग सल्लाह गर्ने तयारी गरेको पनि वडा कमिटी अध्यक्ष पराजुलीले बताइन् ।
सरसफाई अभियानमा पोखरा महानगरपालिकाले फेवातालबाट जलकुम्भी झिक्न र पूर्व जनप्रतिनिधी हरि पहारीले घाँस काट्ने मेसिन उपलब्ध गराइदिएका थिए । अभियानका क्रममा ताल वरीपरी बढेका झार काट्नुका साथै बोटविरुवा गोडमेलसमेत गरिएको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन