तनहुँको आँबुखैरेनीनजिकै ऐना पहरामा यात्रुवाहक गाडी दुर्घटना भएको छ।
आइतबार अपराह्न सवा ४ बजेतिर आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहरानजिकै बस सडकबाट तल खसेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार बस गोरखाबाट नारायणगढ जाँदै थियो ।
ग २ ख १०७७ नम्बरको बस दुर्घटनामा परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले बताए । दुर्घटनामा परी सात जना घाइते भएका छन् । दुई जना गम्भिर अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।
गम्भीर घाइते एक जनालाई आँबुखैरेनीको अस्पतालमा उपचारपश्चात् चितवन मेडिकल कलेज रिफर गरिएको छ । गम्भीर घाइते एक जनाको भने आँबुखैरेनी अस्पतालमै उपचार भइरहेको छ ।
उद्धारका लागि सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं. २३ मनकामना गण तनहुँबाट टोली खटिएको छ।
बसमा भएका यात्रुहरू पर्यटकीय क्षेत्र ऐनापहरा हेर्न बसबाट ओर्लिएका थिए।
केही यात्रु भने बसभित्रै थिए। बस रोकेर ‘ओट’ लगाउने क्रममा नरोकिएर आफै सडकबाट तल झरेको प्रहरी निरीक्षक अधिकारीले बताए।
बस मर्याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा रहेको र थप यात्रुहरू पनि छन् कि भनेर खोजी जारी रहेको छ । बसमा कति यात्री सवार थिए भने यकिन भइसकेको छैन । गाडीको अगाडिको भाग जमिनमा दबेकाले क्रेनको सहायताले बस निकाल्ने प्रयास भइरहेको छ ।
यसअघि ७ भदौ २०८१ मा भारतीय तीर्थयात्री सवार बस ऐना पहराबाट मर्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ