तनहुँको आँबुखैरेनीनजिकै ऐना पहरामा यात्रुवाहक गाडी दुर्घटना भएको छ।
आइतबार अपराह्न सवा ४ बजेतिर आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहरानजिकै बस सडकबाट तल खसेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार बस गोरखाबाट नारायणगढ जाँदै थियो ।
ग २ ख १०७७ नम्बरको बस दुर्घटनामा परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले बताए । दुर्घटनामा परी सात जना घाइते भएका छन् । दुई जना गम्भिर अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।
गम्भीर घाइते एक जनालाई आँबुखैरेनीको अस्पतालमा उपचारपश्चात् चितवन मेडिकल कलेज रिफर गरिएको छ । गम्भीर घाइते एक जनाको भने आँबुखैरेनी अस्पतालमै उपचार भइरहेको छ ।
उद्धारका लागि सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं. २३ मनकामना गण तनहुँबाट टोली खटिएको छ।
बसमा भएका यात्रुहरू पर्यटकीय क्षेत्र ऐनापहरा हेर्न बसबाट ओर्लिएका थिए।
केही यात्रु भने बसभित्रै थिए। बस रोकेर ‘ओट’ लगाउने क्रममा नरोकिएर आफै सडकबाट तल झरेको प्रहरी निरीक्षक अधिकारीले बताए।
बस मर्याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा रहेको र थप यात्रुहरू पनि छन् कि भनेर खोजी जारी रहेको छ । बसमा कति यात्री सवार थिए भने यकिन भइसकेको छैन । गाडीको अगाडिको भाग जमिनमा दबेकाले क्रेनको सहायताले बस निकाल्ने प्रयास भइरहेको छ ।
यसअघि ७ भदौ २०८१ मा भारतीय तीर्थयात्री सवार बस ऐना पहराबाट मर्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ