पोखरा– नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ‘लिचि बगैंचा’ को घुस प्रकरणको अडिओमा बिचौलियाको भूमिकामा रहेका सुजन लामालाई निलम्बन गरेको छ ।
प्रदेश कमिटीको शनिबार र आइतबार बसेको बैठकले घुस प्रकरणमा मुछिएका सुजनलाई निलम्बन गर्ने निर्णय गरेको प्रदेश कमिटी सचिव धनन्जय दवाडीले जानकारी दिए ।
लामाले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएको थियो । त्यसपछि गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
लामालाई सफाई नपाउँदासम्मका लागि निलम्बन गरिएको प्रदेश कमिटी सचिव दवाडीले बताए । लामा प्रदेश कमिटीको सल्लाहकार परिषद् सदस्य थिए । यसअघि प्रदेश कमिटीले उनलाई स्पष्टिकरण सोधेको थियो ।
स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बन गरेको हो । उनीसँगै मुद्दा चलेका प्रदेश विभाग सदस्य के गिरीलाई पनि निलम्बन गरिएको उनको भनाइ छ ।
एमाले गण्डकी प्रदेश कमिटी अन्तर्गत उद्योग तथा वाणिज्य विभाग सदस्य के. गिरीलाई एमालेले पार्टी सदस्यबाट निलम्बन गरेको हो। के. गिरी पोखरा महानगरपालिकामा कार्यरत अधिकृत कपिल गिरी हुन्।
निजामती कर्मचारीले पार्टी सदस्यता लिन नपाउने कानुनी व्यवस्था भएकाले गिरीले छद्य नाम राखेर सदस्यता लिएका थिए। अख्तियारमा परेका उजुरी मिलाइदिने भन्दै पोखरा महानगरका कर्मचारीसँग २५ हजार रूपैयाँ घुस लिएपछि उनलाई गत चैत ६ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको थियो।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो