‘लिचि बगैंचा’ घुसकाण्डका ‘बिचौलिया’ सुजन लामा एमालेबाट निलम्बित

निलम्बन

‘लिचि बगैंचा’ घुसकाण्डका ‘बिचौलिया’ सुजन लामा एमालेबाट निलम्बित

अख्तियारको मुद्दा मिलाइदिन्छु भन्दै २५ हजार घुस लिएका कर्मचारी गिरी पनि निलम्बनमा

sujan-lama

पोखरा– नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ‘लिचि बगैंचा’ को घुस प्रकरणको अडिओमा बिचौलियाको भूमिकामा रहेका सुजन लामालाई निलम्बन गरेको छ ।

प्रदेश कमिटीको शनिबार र आइतबार बसेको बैठकले घुस प्रकरणमा मुछिएका सुजनलाई निलम्बन गर्ने निर्णय गरेको प्रदेश कमिटी सचिव धनन्जय दवाडीले जानकारी दिए ।

लामाले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएको थियो । त्यसपछि गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

लामालाई सफाई नपाउँदासम्मका लागि निलम्बन गरिएको प्रदेश कमिटी सचिव दवाडीले बताए । लामा प्रदेश कमिटीको सल्लाहकार परिषद् सदस्य थिए । यसअघि प्रदेश कमिटीले उनलाई स्पष्टिकरण सोधेको थियो ।

स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बन गरेको हो । उनीसँगै मुद्दा चलेका प्रदेश विभाग सदस्य के गिरीलाई पनि निलम्बन गरिएको उनको भनाइ छ ।

एमाले गण्डकी प्रदेश कमिटी अन्तर्गत उद्योग तथा वाणिज्य विभाग सदस्य के. गिरीलाई एमालेले पार्टी सदस्यबाट निलम्बन गरेको हो।  के. गिरी पोखरा महानगरपालिकामा कार्यरत अधिकृत कपिल गिरी हुन्।

निजामती कर्मचारीले पार्टी सदस्यता लिन नपाउने कानुनी व्यवस्था भएकाले गिरीले छद्य नाम राखेर सदस्यता लिएका थिए। अख्तियारमा परेका उजुरी मिलाइदिने भन्दै पोखरा महानगरका कर्मचारीसँग २५ हजार रूपैयाँ घुस लिएपछि उनलाई गत चैत ६ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ