जोर्ज जोन शिक्षा प्रतिष्ठानद्वारा ५ शिक्षासेवी सम्मानित

सम्मान

जोर्ज जोन शिक्षा प्रतिष्ठानद्वारा ५ शिक्षासेवी सम्मानित

George-John

पोखरा । जोर्ज जोन शिक्षा प्रतिष्ठानले आफ्नो २९ औँ वार्षिकोत्सवका अवसरमा शनिबार पोखरामा आयोजित एक कार्यक्रममा ५ जना शिक्षासेवीलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्रमान लालचन, पृथ्वीनारायण क्याम्पसका प्राडा लेखनाथ भट्टराई, प्राडा यादव गौडेल, शिक्षासेवी छविलाल आचार्य र स्वास्थ्यकर्मी शकुन सिंह छन् ।

उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मानपत्र, दोसल्ला र नगद पुरस्कारसहित सम्मान गरे ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले शिक्षा क्षेत्रमा निरन्तर सेवा गर्ने व्यक्तित्वहरु समुदायकै प्रेरणाको स्रोत भएको बताए । प्रतिष्ठानका संस्थापक डा. जोर्ज जोनले शिक्षा क्षेत्रको विकास नै समग्र विकासको मूल आधार भएकोमा जोड दिए ।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरु, प्रतिष्ठानका पदाधिकारी र विद्यार्थीका तर्फबाट वक्ताहरुले प्रतिष्ठानले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

सोही अवसरमा पृथ्वीनारायण क्याम्पसका विभिन्न संकायमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो । विज्ञान संकायकी कृति भट्टराई, व्यवस्थापनका विजय सुवेदी, मानविकीका विवेक तिवारी र शिक्षा संकायका अमृत पौडेललाई सम्मान तथा पुरस्कार प्रदान गरियो ।

प्रतिष्ठानका अध्यक्ष गेहेन्द्रेश्वर कोइरालाको अध्यक्षतामा भएको समारोहमा कार्यक्रममाथि प्रकाश उपाध्यक्ष रामगोपाल ढेवाजु, स्वागत सचिव अरुणा शेरचन र सञ्चालन सहसचिव अर्जुन अधिकारीले गरेका थिए ।

प्रा.डा. जोर्ज जोन र डा. एलियामा जोनद्वारा स्थापित प्रतिष्ठानले विगत ३० वर्षदेखि पोखरामा शैक्षिक विकासका लागि काम गर्दै आएको छ । यसले शिक्षामा योगदान दिनेहरुको सम्मान, क्षमता विकास, जेहेन्दार तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ