पोखरा । जोर्ज जोन शिक्षा प्रतिष्ठानले आफ्नो २९ औँ वार्षिकोत्सवका अवसरमा शनिबार पोखरामा आयोजित एक कार्यक्रममा ५ जना शिक्षासेवीलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्रमान लालचन, पृथ्वीनारायण क्याम्पसका प्राडा लेखनाथ भट्टराई, प्राडा यादव गौडेल, शिक्षासेवी छविलाल आचार्य र स्वास्थ्यकर्मी शकुन सिंह छन् ।
उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मानपत्र, दोसल्ला र नगद पुरस्कारसहित सम्मान गरे ।
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले शिक्षा क्षेत्रमा निरन्तर सेवा गर्ने व्यक्तित्वहरु समुदायकै प्रेरणाको स्रोत भएको बताए । प्रतिष्ठानका संस्थापक डा. जोर्ज जोनले शिक्षा क्षेत्रको विकास नै समग्र विकासको मूल आधार भएकोमा जोड दिए ।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरु, प्रतिष्ठानका पदाधिकारी र विद्यार्थीका तर्फबाट वक्ताहरुले प्रतिष्ठानले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
सोही अवसरमा पृथ्वीनारायण क्याम्पसका विभिन्न संकायमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो । विज्ञान संकायकी कृति भट्टराई, व्यवस्थापनका विजय सुवेदी, मानविकीका विवेक तिवारी र शिक्षा संकायका अमृत पौडेललाई सम्मान तथा पुरस्कार प्रदान गरियो ।
प्रतिष्ठानका अध्यक्ष गेहेन्द्रेश्वर कोइरालाको अध्यक्षतामा भएको समारोहमा कार्यक्रममाथि प्रकाश उपाध्यक्ष रामगोपाल ढेवाजु, स्वागत सचिव अरुणा शेरचन र सञ्चालन सहसचिव अर्जुन अधिकारीले गरेका थिए ।
प्रा.डा. जोर्ज जोन र डा. एलियामा जोनद्वारा स्थापित प्रतिष्ठानले विगत ३० वर्षदेखि पोखरामा शैक्षिक विकासका लागि काम गर्दै आएको छ । यसले शिक्षामा योगदान दिनेहरुको सम्मान, क्षमता विकास, जेहेन्दार तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सम्बन्धित खबर
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?