स्याङ्जा जिल्ला अदालतमा विभिन्न म्याद र जरिवाना तोकिएका फरार अभियुक्तहरूलाई प्रहरीले विशेष अपरेसनमार्फत पक्राउ गरी न्यायिक प्रक्रियालाई अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको विशेष अपरेसन टोलीले अदालतमा पञ्जीकरण सम्बन्धी कसूर मुद्दामा फरार रहेकी स्याङ्जा वालिङ नगरपालिका –७ की ३४ वर्षीया लक्ष्मी खड्कालाई पक्राउ गरेको हो । उनी २०८० पुस १९ गते दर्ता भएको मुद्दापछि फरार थिइन् ।
टोलीले उनलाई कास्कीको पोखरा महानगरपालिका –८ चिप्लेढुङ्गाबाट लुकीछिपी बसेको अवस्थामा २०८२ साउन २२ गते पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा पेश गरी १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।
त्यसैगरी, अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा चार सय रुपैयाँ जरिवाना तोकिएर फरार रहेका स्याङ्जा पुतलीबजार नगरपालिका –७ का २५ वर्षीय सागर परियारलाई पनि सोही दिन विशेष टोलीले नियन्त्रणमा लिई जरिवाना असुलका लागि अदालतमा उपस्थित गराइएको छ ।
फरार अभियुक्तहरूलाई पक्राउ गरी अदालतमा उपस्थित गराउनुले न्यायिक प्रक्रिया चुस्त, दुरूस्त र प्रभावकारी ढंगले अघि बढ्न थालेको देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्न राज चौधरीका अनुसार, कानूनको कार्यान्वयनमार्फत सुरक्षित र न्यायपूर्ण समाज निर्माणमा प्रहरी प्रतिबद्ध रहेको छ ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’