वीरेन्द्रमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

आँखा शिविर

वीरेन्द्रमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

birendra eyt (2)

पोखरा ५ पर्स्याङ स्थित वीरेन्द्र मेमोरियल माध्यमिक विद्यालयमा एकदिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।

शिविरमा हिमालय आँखा अस्पतालका चिकित्सकहरूको टोलीले करिब ३०० जना विद्यार्थी, शिक्षकको आँखाको परीक्षण गरेका थिए।

शिविरमा आँखासम्बन्धी सामान्य रोगहरूको पहिचान, चस्माको नाप जाँच र आवश्यक परामर्श सेवा प्रदान गरिएको थियो।

लियो क्लव अफ सिल्भर माउन्टेन्स कास्कीको सहकार्यमा गरिएको शिविरमा विद्यालयका प्रधानाध्यापक सन्तोष लामिछानेले यस्तो स्वास्थ्य जाँचले विद्यार्थीहरूको पढाइमा समेत सकारात्मक प्रभाव पर्ने बताए ।

शिविरमा जाँच गराइएका केही विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई थप उपचारका लागि हिमालय आँखा अस्पतालमा सिफारिस गरिएको छ।

विद्यार्थीहरूले विद्यालयमै अस्पतालकै स्तरमा गुणस्तरीय स्वास्थ्य सेवा पाएको अनुभूति व्यक्त गरेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ