सार्वजनिक अपराध मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट दोषी ठहर भई रु. १,५२५ जरिवाना तोकिएर ९ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।
अदालतको फैसला कार्यान्वयनमा चुस्तता, न्यायिक कारबाहीको पूर्णता र सुरक्षित तथा न्यायपूर्ण समाज निर्माण सुनिश्चित गर्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अपरेसन टोलीले प्रतिवादीलाई साउन २३ गते पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिका –७ निवासी २९ वर्षीय सुवास गुरुङ रहेका छन् । उनलाई अदालतबाट २०७३ मंसिर १३ गते सार्वजनिक अपराध मुद्दामा रु. १,५२५ जरिवाना तोकिएको थियो । फैसला सुनाइएपछि फरार रहेका गुरुङलाई प्रहरीले स्याङ्जा जिल्लामै नियन्त्रणमा लिई जरिवाना असुलीका लागि सिधै स्याङ्जा जिल्ला अदालतमा पेश गरेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार अदालतका फैसलाहरूको कार्यान्वयनमा सक्रियता बढाउँदै न्यायिक जिम्मेवारी निर्वाह गरिँदै आएको छ । फरार अभियुक्तको पक्राउले अदालतको आदेशको प्रभावकारिता र कानूनी शासनप्रति विश्वास अभिवृद्धि गर्ने अपेक्षा समेत गरिएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ