लमजुङमा पहिरोले पुरिएर मजदुरको मृत्यु

पहिरो

लमजुङमा पहिरोले पुरिएर मजदुरको मृत्यु

Lamjung Pahiro

लमजुङ मर्स्याङ्दी –६ मा निर्माणाधीन सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको पहिरोले पुरिएर मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्।

आज दिउँसो अचानक आएको पहिरोले बेँसीसहर–८ मा अस्थायी रूपमा बस्ने ४४ वर्षीय लगनध्वज गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । दोर्दी–५ का २१ वर्षीय विराज गुरुङ, मध्यनेपाल –७ बस्ने ३५ वर्षीय प्रितम लामा र प्युठान जिल्ला झिम्रुक –६ का २५ वर्षीय विकास विष्ट घाइते भएका छन्।

घाइतेहरूको बेँसीसहर –८ स्थित प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ। आयोजनाको काम गरेर क्याम्पमा खाना खाने क्रममा पहिरो आएको प्रहरीको भनाइ छ। क्याम्पमा करिब ४० जना कामदार बस्दै आएकामा पहिरो आएपछि भाग्ने क्रममा चार जना पहिरोमा परेका हुन्। अन्य ३६ जना भने सकुशल रहेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ