पोखरा । कास्की प्रहरीले चलाएको ‘अपरेसन एल्लो मेटल’ अन्तर्गत झन्डै साढे छ किलो सुनसहित ११ जना भारतीय पक्राउ परेका छन्। ती सुन सबै अवैध रहेको प्रहरीले जनाएको छ ।
पोखराको सुनचाँदी कारोबारमा ‘अवैध’ क्रियाकलाप हुने गरेका गुनासा विगतदेखि नै सुनिने गरेको र अहिले गोप्य सूचनाका आधारमा कास्की प्रहरीले ‘अपरेसन एल्लो मेटल’ अर्थात् पहेँलो धातुको कारोबारमाथिको अनुसन्धान सुरु गरेको थियो।
सोही क्रममा पोखरामा रहेर वर्षौँदेखि सुनचाँदीको कारोबार तथा डिजाइनको काम गर्दै आइरहेका भारतीय व्यक्तिहरू सुनचाँदी र नगदसहित पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार आयोजना भएको पत्रकार भेटघाट कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले गण्डकी प्रदेश प्रहरी, कास्की प्रहरी र मातहतका इकाइको संयुक्त टोलीले ११ करोड बढी मूल्य बराबरको धातु र नगदसहित भारतीय व्यक्तिहरूलाई पक्राउ गरिएको बताए।
केही समयदेखिको गोप्य अनुगमन र अनुसन्धानपछि सुनको धेरै कारोबार हुने गरेको क्षेत्र मोहरिया टोल, तेर्सापट्टी, भैरव टोल र चिप्लेढुङ्गाका पसल तथा सुनको काम गरिने स्थानहरूमा प्रहरीले शुक्रवार साँझ एकै पटक छापा मारेको थियो।
प्रहरी उपरीक्षक ओलियाका अनुसार पोखरा महानगरपालिका–२, ३, ४ र ९ क्षेत्रमा अवैध तरिकाले सुन तथा चाँदीको कारोबार भइरहेको भन्ने गोप्य सूचना केही समयअगाडि नै प्रहरीमा आइपुगेको थियो।
पक्राउ परेकाहरूमा भारत महाराष्ट्र साग्ली जिल्ला घर भई हाल मोहरिया टोलमा बस्दै आएका तथा १६ वर्षदेखि पोखरामा रहेर सुनचाँदी कालिगडको रूपमा काम गर्दै आएको ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, कलकत्ताको मेद्नापुर जिल्ला घर भई मोहरिया टोलमा बसेर २० वर्षदेखि कालिगडको काम गर्दै आइरहेको ४५ वर्षीय मनिक लाल आदक, पश्चिम मंगलाको हुग्ली घर भई पोखराको बिन्दबासिनीमा बसेर १५ वर्षदेखि कालिगडको काम गर्दै आएका ३५ वर्षीय सन्दीप ढाव रहेका छन्।
पश्चिम बङ्गाल नै घर भई मोहरिया टोलमा बसेर १६ वर्षदेखि सुनचाँदीको ‘डिजाइन’ को काम गर्दै आएका ४१ वर्षीय सोमनाथ पाल, तेर्सापट्टिमा बसेर २० वर्षदेखि सुनचाँदीको काम गर्दै आइरहेका ४७ वर्षीय दीपक सामन्त, पोखरा महानगरपालिका–३ मा बसेर २८ वर्षदेखि पोखरामा सुनचाँदीको काम गर्दै आइरहेका ४७ वर्षीय गोविन्दा दिण्डा, कलकत्ताको हाउडा घर भई चिप्लेढुङ्गामा बसेर २० वर्षदेखि कालिगडको काम गर्दै आएका ३५ वर्षीय असित वर पनि पक्राउ परेका छन्।
यस्तै, कलकत्ता नै घर भई मोहरिया टोलमा बसेर २४ वर्षदेखि सुनचाँदीको काम गर्दै आइरहेका ४४ वर्षीय तापस सामन्त, भैरव टोलमा बसेर १२ वर्षदेखि कालिगडको काम गर्दै आइरहेका ३८ वर्षीय उज्वल भोमिक, महाराष्ट्रको पुने घर भई पोखराको सभागृह चोकमा बसेर १२ वर्षदेखि सुनचाँदीको काम गर्ने ४० वर्षिया सुनिता पवार, भारत नै घर भई मोहरिया टोलमा बसेर सुनचाँदीको काम गर्ने ४९ वर्षीय प्रोभास माझीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन