पोखराको नदिपुरमा पहिलो पटक तायाः मचाः नृत्य प्रर्दशन

धर्म संस्कृति

पोखराको नदिपुरमा पहिलो पटक तायाः मचाः नृत्य प्रर्दशन

nadipur tayamacha

पोखरा नदिपुर तायमचा समितिले गाइजात्रा पर्वको अवसरमा पोखरा–३ नदिपुरमा पहिलो पटक तायाः मचाः नृत्य प्रदर्शन गरेको छ । हालै मात्र गठन भएको उक्त समितिले यसै वर्षदेखि नाच देखाउन शुरु गरेको हो ।

वडा नम्बर ३ को कार्यालयबाट शुरु भएको नाचले नदिपुर क्षेत्र, नारायणस्थान मन्दिर, पालिखेचोक, तेर्सापट्टी, कोपिलढुंगा, भीसी मार्ग, भैरव मन्दिर, बाल मन्दिर, मिन मार्ट हुँदै सोही स्थानमा आएर समापन भएको समितिका अध्यक्ष गौतम उदासले जानकारी दिए ।

तायमचा नाचमा नृत्य गर्नेहरूमा सुकृति ताम्राकार, सुदिज्ञा ताम्राकार, सराहना ताम्राकार, ओसम द्धा, निया घर्ति, मिजास उदास रहेका थिए । बाद्य वादनमा प्रसिद्ध उदास, सरोज जलारी, समिर उदास, सफल द्धा, शैलेस ताम्राकार, निर्जला ताम्राकार सहभागी थिए ।

हालै मात्र गौतम उदासको अध्यक्षतामा नदिपुर तायमचा समिति स्थापना भएको हो । युवा पुस्तालाई संस्कृतिप्रति जागरुक बनाउन स्थापित समितिको उपाध्यक्ष रवि उदास, सचिव सकेन्द्र ताम्राकार, कोषाध्यक्ष नारायण प्रसाद द्धा, सहसचिव शान्ती श्रेष्ठ उदास रहेका छन् । सदस्यहरूमा लक्ष्मी ताम्राकार, गोविन्द पराजुली, राजेन्द्र जलारी, प्रेम पुन, सुन्दर श्रेष्ठ, सुनिल थापा, राजु कायस्थ, विन्दु पाण्डे, पुष्प उदास, सुदर्शन न्हुच्छे प्रधान, जितेन्द्र ताम्राकार, शिवराम श्रेष्ठ रहेका छन् ।

समितिका सल्लाहकारहरूमा श्रीकृष्ण कतिला, प्रकाश घिमिरे, अनुप बराल, बसन्त उदास, गोविन्द ताम्राकार, आनन्दमान ताम्राकार, दिलिप गिरी, मुकुन्दराज राजभण्डारी, सनकमान सिके, शान्तिदेवी पराजुली, सवि परियार, नविन आले रहेका छन् ।नदिपुर तायमचा समितिले देखाएको नाच साउन ३१ गते शिशुवामा हुने तायमचा नृत्य प्रतियोगितामा सहभागी हुने अध्यक्ष उदासले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ