पोखरा । चुनावी तालमेल गर्दै अन्ततः पार्टी एकीकरण गरेका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण सकिएको लामो समय भैसक्दा समेत तल्ला तहमा कमिटी तयार भएका छैनन् ।
नेकपाको तल्लो तहका कमिटि सञ्चालनका लागि नेताहरुलाई जिम्मेवारी प्रदान गरिएको छ ।जिल्ला र प्रदेशको सिफारिस समितिले एउटा खाका भने पठाईसकेको छ । त्यसको निर्णय नहुँदासम्म संयन्त्रले नै काम चलाउनेछ ।
नेकपाको कास्की जिल्लामा एमाले र माओवादीबाट बराबर सदस्य पर्ने गरि संयन्त्र तयार गरिएको छ । जिल्ला संयन्त्रमा तत्कालीन एमालेबाट मानबहादुर जिसी, कृष्ण थापा, दामोदार बैरागी, प्रभा कोइरला र मनबहादुर गुरुङ तथा माओवादीबाट राजकाजी गुरुङ, दीपक कोइराला, रामजी बराल, बखानसिहं गुरुङ र गायत्री गुरुङ सदस्य छन् ।
पोखरा महानगरको संयन्त्रमा तत्कालिन एमालेबाट कृष्ण थापा, प्रभा कोईराला, तेजनारायण अधिकारी, शंकरनाथ पौडेल, दिलिप न्यौपाने तथा साविकको माओवादीबाट विश्वप्रकाश लामिछाने, भीमबहादुर विक, गोमा ढकाल, विनय थापा र जनकराज पराजुली छन् ।
रुपा गाउँपालिकामा सबावक्स मियाँ, शिब खनाल, नवराज ओझा, निर्मला सुबेदी, पुष्पराज सुबेदी र अमरदिप पराजुली छन् भने मादी गाउँपालिकामा पदमप्रसाद पौडेल, मित्रबहादुर गुरुङ, बुद्धिसागर सापकोटा, लालबहादुर गुरुङ, बालकृष्ण गुरुङ र कृष्णराज दाहाल संयन्त्रमा छन् ।
अन्नपूर्ण गाउँपालिका संयन्त्रमा लक्ष्मीप्रसाद अधिकारी, धर्मबहादुर गुरुङ, गौरीप्रसाद सुबेदी, गोविन्द अधिकारी, बिष्णुबहादुर केसी र भेषराज पौडेल छन् भने माछापुच्छ«े गाउँपालिकामा जगन्नाथ बास्तोला, प्रबिना अधिकारी, बिष्णुबहादुर केसी, टेकनाथ गौतम, कर्णबहादुर गुरुङ र बैकुण्ठ भण्डारी संयन्त्रभित्र छन् ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए