सरकारले कुष्ठरोग निवारणको घोषणा गरेको १५ वर्ष पुगिसक्दा पनि स्याङ्जामा यो रोग पूर्ण रूपमा निर्मूल हुन सकेको छैन । सरकारले सन् २०३० सम्म कुष्ठरोगलाई शून्यमा झार्ने लक्ष लिएको भए पनि हालैको तथ्यांकले रोग अझै समाजमा मौनरूपमा फैलिरहेको संकेत देखाएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा स्याङ्जा जिल्लामा मात्र आठ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । गल्याङ नगरपालिकामा एक जना, पुतलीबजार र चापाकोट नगरपालिकामा दुई/दुई जना तथा वालिङ नगरपालिकामा तीन जना बिरामीको पहिचान गरिएको हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पनि पुतलीबजार, चापाकोट र वालिङबाट दुई/दुई जना गरेर कुल छ जना बिरामी फेला परेका थिए ।
प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रशासक केशव चापागाईंका अनुसार हाल जिल्लामा नौ जना बिरामी औषधी सेवन गरिरहेका छन् । तर, कुष्ठरोगका लक्षणहरू सजिलै चिन्न नसकिने र समाजमा लुकेर बसेका बिरामीहरू अझै पनि उपचार बाहिर रहन सक्ने सम्भावना उच्च रहेको जनस्वास्थ्य प्रशासक चापागाईंले बताए ।
स्याङ्जाका ११ वटै पालिकामध्ये सात पालिकामा भने अहिलेसम्म कुष्ठरोगका बिरामी नदेखिएको चापागाईंले जानकारी दिए । “यो रोग छालामा छोएर मात्र सर्नु नपर्ने, आँखाभौँ सुनिनु, कानको लोती बाक्लिनु, स्नायुमा झमझम र सुन्निने लक्षण देखिने भएकाले समयमै पहिचान गर्न सकिए पूर्ण निको हुन सकिन्छ,” चापागाईंले भने ।
उनका अनुसार रोगको प्रकृतिअनुसार छ महिना देखि एक वर्षसम्म नियमित औषधी सेवन गरेमा रोग निको हुने गर्छ । औषधी सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क उपलब्ध छ ।
सरकारको प्रतिबद्धता र स्वास्थ्य संयन्त्रको पहलबीच स्याङ्जा जस्ता जिल्लामा अझै रोग पहिचान र सचेतना अभाव देखिनु चिन्ताको विषय बनेको छ । सन् २०३० को लक्ष्य प्राप्तिका लागि समाजमै लुकेर बसेका बिरामीहरूको पहिचान र उपचार सुनिश्चित गर्नु अत्यावश्यक देखिन्छ ।
स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबीच समन्वय गर्दै लक्षणबारे सचेतना अभियान सञ्चालन नगरी कुष्ठरोग उन्मूलनको लक्ष्य पूरा नहुने देखिएको छ । लक्षण नदेखिने र रोग लुकिने प्रवृत्तिका कारण जिल्लामा अझै कुष्ठरोगका गोप्य बिरामी हुन सक्ने तथ्यले स्वास्थ्य क्षेत्रलाई थप संवेदनशील बनाएको छ ।
१५ वर्षअघिको ‘कुष्ठरोग निवारण घोषणा’ तथा आगामी पाँच वर्षभित्र ‘शून्य कुष्ठरोग’ को लक्ष्य साकार पार्न अब स्वास्थ्य नीतिलाई गाउँघरको व्यवहारमा उतार्नु जरुरी देखिएको छ । जनस्तरमा सशक्त प्रचार–प्रसार, नियमित स्क्रिनिङ र लक्षणबारे जानकारीमूलक कार्यक्रम बिनाको लक्ष्य, केवल घोषणामा मात्र सिमित हुने चिन्ता स्वास्थ्यकर्मीले व्यक्त गरेका छन् ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो