पोखरा महानगरको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

पोखरा महानगरको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

muktiram

पोखरा महानगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ ।

सरकारले बुधबार सार्वजनिक गरेको ७२ जना सहसचिवको सरुवामा लोकसेवा आयोग, जलेश्वरमा कार्यरत मुक्तिराम अर्याललाई पोखराको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको हो ।

गुल्मीका मुक्तिराम २०८१ मा सहसचिवमा उत्तीर्ण भएका हुन् ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले असार ३ गते अनिवार्य अवकाश पाएपछि उक्त पद रिक्त थियो । पौडेलको अवकाशसँगै महानगरका महत्वपूर्ण काम प्रभावित हुन सक्ने चासो बढिरहेका बेला सरकारले नयाँ अधिकृत तोकेको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७२ जना सहसचिवको सरुवा गरेको हो । सोही निर्णयअनुसार अर्यालले पोखरा महानगरपालिकाको जिम्मेवारी पाएका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ