अवैध ढुङ्गा ओसारपसारमा संलग्न दुई ट्याक्टर प्रहरी नियन्त्रणमा

अवैध ढुङ्गा ओसारपसारमा संलग्न दुई ट्याक्टर प्रहरी नियन्त्रणमा

tractor-niyantran_galyang

स्याङ्जाको गल्याङ नगरपालिका –५ रूखापानी र घिमिरेखोला क्षेत्रमा अवैध रूपमा ढुङ्गा ओसारपसार भइरहेको भन्ने प्राप्त विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जयपतेबाट खटिएको टोलीले दुई वटा ट्याक्टरलाई नियन्त्रणमा लिई कारबाही गरेको छ ।

प्रहरीका अनुसार साउन २९ गतेको अपरेसनमा ग १ त ७१५५ र लु ४ त ६५६७ नम्बरका ट्याक्टर नियन्त्रणमा लिइएको हो । पक्राउ परेका ट्याक्टरहरूलाई वडा प्रहरी कार्यालय वालिङमार्फत आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले प्राकृतिक स्रोतको अवैध दोहन रोक्न नियमित अनुगमन तथा निगरानी बढाइएको बताए । उनले अवैध उत्खनन र ओसारपसारमा संलग्नलाई कानूनी दायरामा ल्याउने कार्यलाई थप सशक्त बनाइने उल्लेख गरे ।

यसअघि पनि स्याङ्जाको विभिन्न क्षेत्रमा नदीजन्य पदार्थको अवैध उत्खनन र ढुवानीमा संलग्न साधनसामग्री नियन्त्रणमा लिएर कारबाही गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ