पोखरामा आज सबेरै भएको सवारी दुर्घटनामा दुई युवक गम्भिर घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइकलमा सवार पोखरा महानगरपालिका वडा नं २१ का २२ वर्षीय सुजन गौतम र पोखरा-१७ विरौटाका २२ वर्षीय सुगम श्रेष्ठ रहेका छन् ।
बिहान ५ः५५ बजेको समयमा पोखरा १७ मुस्ताङचोकमा भएको दुर्घटनामा घाइते भएका उनीहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको वडा प्रहरी कार्यालय बैदामका कार्यालय प्रमुख डीएसपी नवराज भट्टराईले जानकारी दिए ।
पृथ्वीचोकबाट बिरौटातर्फ जाँदै गरेको ग १ ख ७९२९ नं.को टिप्परमा राष्ट्रबैंकचोकबाट मुस्ताङचोक हुँदै बिरौटा तर्फ जादै गरेको प्र.३–०२–०१३ प ५८०४ नं.को मोटरसाइकल ठक्कर खाएको थियो ।
घाइते दुवैको टाउकोमा चोट हुनाले अवस्था गम्भिर रहेको र सिटी स्क्यान रिपोर्टको पर्खाईमा रहेको डिएसपी भट्टराईले गण्डकन्यूजसँग बताए ।
वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक मुकुन्द सिग्देलको कमाण्डमा ११ जनाको टोली खटिएर दुवै सवारी साधन र टिप्परलाई नियन्त्रणमा लिइएको भट्टराईले जनाए ।
टिप्पर चालक धादिङ रोराङ गाउँपालिका ८ घर भएको बर्ष ४३ को मित्रलाल श्रेष्ठ अहिले प्रहरी नियन्त्रणमा छन् । घुम्तीमा मोटरसाइकल तीव्र गतिमा हुनाले टर्निङ काट्न नसकी टिप्पर मुनी पर्न गएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
वालिङमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, चारजना घाइते
भीमफेदीको जुरीखेतमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु
भीरकोटको करेन्ट दुर्घटना लुकाउँदै स्याङ्जा प्रहरी, शनिबार करेन्ट लाग्दा खनाल गम्भीर घाइते
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु
सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो