पोखरामा बीवाईडीको नयाँ शोरूम खुलेको छ । बीवाईडीले पोखराको बुद्दचोकमा नयाँ शोरूम सञ्चालनमा ल्याएको हो ।
शोरूमको शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । सो अवसरमा बीवाईडीको एसयूभी सिलायन–७ लञ्च गरिएको छ ।
नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले नेपाल भित्राएको सो विद्युतीय (ईभी) गाडी शुक्रबार पोखरामा लञ्च गरिएको हो । योसँगै पोखरेली उपभोक्ताले पोखराबाटै एसयूभी सिलायन–७ सहित बीवाईडीका सम्पूर्ण गाडीहरु खरिद गर्न सक्ने भएका छन् ।

अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र उच्च सुरक्षासहित यो इभी आकर्षक डिजाइन र बनोटमा आएको दाबी गरिएको छ । सिलायन–७ को डिजाइन आधुनिक र फ्यूचरिस्टिक शैलीमा गरिनुका साथै यसमा क्लोज्ड अफ ग्रिल, एग्रेसिभ कट र क्रिज लाइनसहितको फ्रन्ट बम्पर रहेको कम्पनीका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, सिलायन–७ मा १९ इञ्चको ड्युअल टोन अलोय ह्विल र फ्लस टाइप डोर ह्यान्डल र ब्ल्याक रग्ड क्लेडिङ रहेकाले प्रिमियम लुक दिएको उनले बताए ।
उनका अनुसार सिलायन–७ मा ५८ लिटरको फ्रन्ट ट्रंक र ५२० लिटरको बुट स्पेस छ । यसले पछाडिको सिट फोल्ड गरेर विस्तार गर्न सकिने उनले बताए । यसमा इन्टेरियरमा १५.६ इन्चको रोटेबल टचस्क्रिन, १०.२५ ईञ्चको डिजिटल ड्राइभर डिस्प्ले, १२ स्पिकरको साउन्ड सिस्टम, प्यानोरोमिक सनरुफ, हेड–अप डिस्प्ले लगायतका अत्याधुनिक फिचरसमेत रहेको उनले जानकारी दिए ।
यसबाहेक, हिटिङ र भेन्टिलेसनसहितको सिट, ५० वाट वायरलेस चार्जर पनि रहेको बजार व्यवस्थापक आशुतोष गौतमले बताए । उनका अनुसार गाडीमा पावर्ड टेलगेट र कनेक्टेड कार टेक छ भने ११ वटा एयरब्याग, ३६० डिग्री क्यामरा, टायर प्रेसर मोनिटरिङ सिस्टम र फ्रन्ट तथा रियर पार्किङ सेन्सर जस्ता उच्चस्तरीय सुरक्षा फिचर पनि छन् ।
बीवाईडी सिलायन–७ एसयूभीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर अर्ली बर्ड अफरको रुपमा कम्पनीले हाल यसको मूल्य ७२ लाख ९९ हजार रुपैयाँमा बिक्री गरिरहेको बजार व्यवस्थापक गौतमले जानकारी दिए ।
सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु