अनेरास्ववियु गण्डकीले जिल्लागत अधिवेशन भदौभित्र सक्ने निर्देशन

विस्तारित बैठक

अनेरास्ववियु गण्डकीले जिल्लागत अधिवेशन भदौभित्र सक्ने निर्देशन

jadsfkldmf

पोखरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गण्डकी प्रदेशको विस्तारित बैठकले भदौ महिनाभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय निर्देशन दिएको छ ।

शनिबार पोखरामा बसेको बैठकले केन्द्रको सर्कुलरअनुसार मातहतका सबै जिल्लागत कमिटीलाई अधिवेशन सक्न निर्देशन दिएको हो ।

बैठकपछि जानकारी दिँदै गण्डकी प्रदेश कमिटीका संयोजक सुशन घिमिरेले भने, ‘केन्द्रले गरेको सर्कुलरलाई कार्यान्वयन गर्न मातहत कमिटीलाई निर्देशन गर्ने, भदौभित्र अधिवेशन सम्पन्न गर्ने र अहिले देखिएका अन्तर्विरोधलाई संवाद र छलफलमार्फत समाधान गर्ने निर्णय गरिएको छ ।’

बैठकले खेलकुदमार्फत विद्यार्थीबीचको एकता र सक्रियता बढाउने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गर्ने पनि निर्णय गरेको छ । विस्तारित बैठकमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष डा. सुजन कडरिया पनि उपस्थित थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ