पोखरा । वि एण्ड वि ग्रुपले पोखरामा १८ तले अपार्टमेण्ट निर्माण गर्ने योजना सहित केही समयअघि मुख्यमन्त्रीबाट प्रि लञ्चिङ कार्यक्रम गर्यो । त्यतिबेलै धेरैले अपार्टमेण्ट बुकिङ समेत गरे । अति महत्वाकांक्षी मानिएको अपार्टमेण्ट निर्माणको लागि जग्गा सम्याउने काम थालिएको छ । तर सम्बन्धित स्थानीय सरकार पोखरा महानगरपालिकाले चाहीँ अपार्टमेण्ट निर्माणको स्विकृति दिएको छैन ।
अपार्टमेण्ट निर्माणबारे आफुलाई औपचारिक जानकारी नै नभएको मेयर मानबहादुर जिसी बताउँछन् । ‘कानूनमै व्यवस्था नभएको कुरा हामीले स्वीकृति दिने कुरै भएन । यसको स्विकृति मिल्दैन–मेयर जिसीले भने ।’
हालसम्म पोखरा क्षेत्रभित्र बढीमा साढे ३ तलाभन्दा अग्लो घर बनाउन नपाईने नीति छ । त्यसमाथी फेवाताल आसपासमा साढे २ तलाको मात्रै घर बनाउन पाईन्छ । तर महानगरपालिकाले ठूला संरचना निर्माणको स्विकृति दिने गरि मापदण्ड नै परिमार्जनको तयारी गरिरहेको छ ।
महानगरले गठन गरेको विज्ञ समूहले ४० तलासम्मको घर बनाउन मिल्ने गरी प्रश्ताव तयार गरेको हो । जग्गाको आकार हेरेर ४० औं तलासम्मको अग्लो घर पोखरामा बनाउन मिल्ने गरि मापदण्ड तय गरिनुपर्ने विज्ञ समूहका संयोजक भरत पहारीले बताए । कमजोर भू वनोट रहेको पोखरामा ठूला संरचना बनाउनु दुर्घटना निम्त्याउनु सरह भएको भन्दै केही विज्ञले चाहीँ यसलाई स्विकार गरेका छैनन् ।
केही स्थानीयहरुले परिकल्पनामै रहेको अपार्टमेण्टको विरोध पनि गरेका छन् । दिर्घकालिन सुरक्षा र सम्भावित दुर्घटना तर्फ सचेत रहन उनिहरुले आवाज उठाइरहेका छन् ।
अपार्टमेन्टका परिकल्पनाकार विमल वसेल चाहीँ पोखरामा पर्यटकको आकर्षण बढाउनकै लागि अपार्टमेण्टको अवधारणा ल्याएको बताउँछन् । चौतर्फि विरोधपछि लगानीकर्ताको रकम समेत फिर्ता गरिदिएको उनले सुनाए । बसेलले राज्यको नीति अनुसार निर्णय गर्ने बताएका छन् ।
‘अहिलेलाई काम रोकिएको छ । अव राज्यले कस्तो नीति बनाउँछ त्यसपछि अगाडी बढौंला, उनले भने–पर्ख र हेरको अवस्थामा छु ।’
– सराङकोट
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु