पोखरा वडा नं. १४ मा तीज विशेष कार्यक्रम हुँदै

तीज विशेष

पोखरा वडा नं. १४ मा तीज विशेष कार्यक्रम हुँदै

वडाबासी महिला दिदीबहिनीलाई सहभागिताका लागि वडाध्यक्ष कार्कीको आग्रह

Pokhara 14 ward office

पोखरा महानगरपालिका वडा नं. १४ कार्यालयले नेपाली हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम आयोजना गरेको छ ।

वडाध्यक्ष बोधबहादुर कार्कीका अनुसार बुधबार दिउँसो १२ः४५ बजेपछि पोखरा महानगरपालिका वडा नं. १४ परिसरमै तीज दर खाने कार्यक्रम राखिएको छ ।

‘वडा भित्रका सम्पूर्ण आमासमूह तथा दिदीबहिनीहरूलाई लक्षित गरी रमाइलो कार्यक्रमको आयोजना गरिएको छ।’ उनले भने– ‘तीजे गीतमा नाचगान, आपसी भेटघाट, हाँसो, रमाइलो र सांस्कृतिक उत्सव हुने भएकाले वडाबासी महिला दिदीबहिनीलाई उपस्थितिका लागि अनुरोध गर्दछु ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds