स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सञ्चालित स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा आ.व. २०८०/८१ का लागि प्रथम भएको छ ।
सेवा प्रवाह, योजना कार्यान्वयन, बजेट व्यवस्थापन, प्रशासनिक क्षमता, पारदर्शिता, जवाफदेहिता र सार्वजनिक सेवा प्रभावकारिताका आधारमा गरिएको मूल्याङ्कनमा अर्जुनचौपारीले उच्चतम अंक ल्याउँदै देशकै उत्कृष्ट पालिकाको स्थान हासिल गरेको हो ।
संघीय सरकारले आगामी भदौ ६ गते सिंहदरबारमा आयोजना गर्ने “समान तथा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली” शुभारम्भ कार्यक्रममा अर्जुनचौपारीलाई मन्त्रीस्तरीय सम्मान प्रदान गर्ने भएको छ ।
कमजोर अवस्थाबाट मोडेल पालिकासम्मको यात्रा
केही वर्षअघिसम्म पूर्वाधार र सेवाप्रवाहमा कमजोर ठानिएको अर्जुनचौपारी गाउँपालिका अहिले देशैभर उत्कृष्ट प्रदर्शन गर्ने पालिकामा रुपान्तरण भएको छ । यस परिवर्तनको श्रेय गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीको नेतृत्वलाई दिइन्छ ।
पदभार सम्हाल्दै उनले पारदर्शी प्रशासन, युवा सहभागिता, डिजिटल प्रविधिको प्रयोग, नवप्रवर्तन र समावेशी योजनालाई प्राथमिकतामा राखे । यसले पालिकाको समग्र व्यवस्थापन क्षमतामा गुणात्मक सुधार ल्याएको छ ।
हालै अनलाइनखबरले सार्वजनिक गरेको ‘४० प्रभावशाली युवा’ को सूचीमा अध्यक्ष तिवारीको नाम समावेश हुनुले उनको नेतृत्व क्षमता र राष्ट्रिय प्रभावलाई थप पुष्टि गरेको छ ।
अन्य पालिकाका लागि उदाहरण
संघीय सरकारको मूल्याङ्कनमा शीर्ष स्थान हात पार्दै अर्जुनचौपारी गाउँपालिका अब उदाहरणीय मोडेल पालिका बनेको छ । यो उपलब्धि गाउँपालिकाका स्थानीय बासिन्दाका लागि मात्र नभई गण्डकी प्रदेश र देशभरकै लागि गौरवको विषय बनेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी