सडक दुर्घटना न्यूनीकरण गर्दै यात्रालाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउन जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सञ्चालन गर्दै आएको “ला.प.से. चेकिङ अभियान” अन्तर्गत स्याङ्जामा लागूऔषध सेवन गरी सवारीसाधन चलाउने ४ जना चालक पक्राउ परेका छन् ।
मंगलबार पुतलीबजार नगरपालिका –३, बाड्खोलास्थित सिद्धार्थ राजमार्गमा प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा उनीहरू लागू पदार्थ सेवन गरी सवारीसाधन चलाइरहेको अवस्थामा पत्ता लगाएको हो ।
नियन्त्रणमा परेकामध्ये उदयपुर चौदण्डीगढी नगरपालिका –४ का ३० वर्षीय बस चालक प्रेम परियार, स्याङ्जा भीरकोट नगरपालिका –३ देउरालीका ३० वर्षीय मोटरसाइकल चालक सागर राना, सोही नगरपालिका –३ कोखेका २३ वर्षीय मोटरसाइकल चालक लिला बहादुर खड्का र आँधिखोला गाउँपालिका –१ पञ्चमुलका ४८ वर्षीय मोटरसाइकल चालक नबिन गोर्खाली रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका चारै जनाविरुद्ध आवश्यक कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयले गत जेठ ६ गतेदेखि सुरु गरेको ‘ला.प.से. चेकिङ अभियान’ अन्तर्गत सवारी चालकको सुरक्षासम्बन्धी सचेतना बढाउने, दुर्घटना न्यूनीकरण गर्ने र सडकलाई सुरक्षित बनाउने उद्देश्य राखिएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ