पोखरा । पोखरा भ्रमण वर्ष–२०२५ घोषणासहित आफ्ना विभिन्न पर्यटकीय गतिविधि बढाइहेको पोखरा महानगरपालिकाले भ्रमण वर्ष घोषणा भएका स्थानीय पालिकामध्येको तनहुँको बन्दीपुरमा त्यहाँका सम्बद्ध अधिकारीहरूबीच पर्यटकीय साझेदारीलगायतका विषयमा अन्तरक्रिया गरेको छ ।
प्रकृति, संस्कृति र ऐतिहासिकताले सम्पन्न ‘पहाडकी रानी’ उपमा पाएको बन्दीपुरमा पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई नेतृत्वको टोलीले पोखरा र बन्दीपुरबीचको पर्यटकीय साझेदारीका सम्भावनाका सम्बन्धमा छलफल गरेको हो ।
दिगो पर्यटनको विकासका लागि स्थानीय तहसँग सहकार्य गर्दै अघि बढ्ने योजनाअनुरुप भ्रमण वर्ष घोषणा भएका स्थानीय तहसँग छलफल एवं अन्तरक्रिया बढाइएको पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले बताए ।
“हामी योसँगै गण्डकी प्रदेशभित्रका ८५ वटै स्थानीय तहसँग छलफल बढाउने तयारीमा छौँ”, उनले भने, “पर्यटनको विकास केवल एउटैले गरेर मात्र हुँदै एकापसमा गरिने सहकार्यले दिगो पर्यटन विकासलाई महत्वपूर्ण सहयोग पुर्याउँछ ।”
नेपाल भित्रिएका सबै पर्यटकलाई पोखरा ल्याउने र पोखरा आएका पर्यटकलाई आसपासका पर्यटकीय गन्तव्यमा पुर्याउन एकापसमा साझेदारी र सहकार्य आवश्यक रहेको उनले बताए । साझेदारी र सहकार्यकै लक्ष्यका साथ आइतबार मात्रै भ्रमण वर्ष घोषणा गरिएको गोरखा नगरपालिकामा सम्बद्ध अधिकारीहरुसँग छलफल एवं अन्तरक्रिया गरिएको छ ।
बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले पोखरासँगको पर्यटकीय साझेदारीले बन्दीपुरको पर्यटनमा महत्वपूर्ण प्रभाव पार्ने विश्वास व्यक्त गरे । “सहकार्यले दुवै गन्तव्यको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्छ”, उनले भने, “यसका लागि एकापसमा सहकार्य आवश्यक छ, हामी सहकार्य गर्दै अघि बढ्न इच्छुक छौँ ।”
बन्दीपुर भ्रमण वर्ष–२०२५ का संयोजक वैशबहादुर गुरुङले पर्यटकीय गन्तव्यहरुबीच एकापसको सहकार्यले दिगो पर्यटनमा योगदान पुग्ने धारणा राखे । एकापसका गन्तव्यको पर्यटकीय साझेदारीका लागि अगुवाइ पोखराले लिनुपर्ने बताउँदै उनले सामूहिक प्रयासले हामी सबैलाई फाइदा पुग्ने उल्लेख गरे ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन