हेमजामा अव्यवस्थित तार हटाउन सुरु

हेमजामा अव्यवस्थित तार हटाउन सुरु

एक हप्ताभित्र हटाइसकिने

hemja-tar-

पोखरा महानगरपालिका–२५, हेमजामा अनावश्यक तथा अव्यवस्थित तार हटाउन थालिएको छ।

वडा क्षेत्रभित्र रहेका त्यस्ता तारलाई वडा कार्यालयको समन्वयमा सोमबारदेखि व्यवस्थापन तथा हटाउन सुरु गरिएको हो ।

विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले टाँगिएका तथा प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, इन्टरनेट केवल तथा पोलमा जथाभावी झुन्ड्याइएका उपकरण हटाउन थालिएको वडा सदस्य सुवाश भण्डारीले जानकारी दिए ।

त्यस्तै, केही तारलाई क्लिपिङ पनि गरिएको छ । उक्त कार्यमा इन्टरनेट, टेलिफोन, टेलिभिजन, केवल सेवा प्रदायक संस्थाका कर्मचारीले सहजीकरण गरेका छन् ।

वडा सदस्य भण्डारीले सहरी सौन्दर्यीकरणमा प्रत्यक्ष प्रभाव पारेको तथा दुर्घटनाको जोखिम बढेकाले तारहरु हटाउन थालिएको स्पष्ट पारे ।

पहिलो चरणमा याम्दीदेखि मिलनचोकसम्म तथा मिलनचोकदेखि फेदीसम्म दुई खण्ड विभाजन गरी तार व्यवस्थापन थालिएको हो । उक्त कार्य एक हप्ताभित्र सकिने वडासदस्य भण्डारीले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ