अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विशेष अपरेशन टोली परिचालन गरी जरिवाना तिर्न बाँकी तीन फरार कसूरदारलाई पक्राउ गरेको छ ।
मंगलबार खटिएको प्रहरी टोलीले विभिन्न मितिमा अदालतले फैसला गरिसकेका तर जरिवाना नतिरी फरार रहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएको हो ।
पक्राउ परेका व्यक्तिहरूमा अर्घाखाँची मालारानी गाउँपालिका –७ की आस्मा भट्टराई, पुतलीबजार नगरपालिका –६ टक्सारकी यमुना गुरुङ र अन्जना गुरुङ रहेका छन् ।
अदालतको आदेशअनुसार भट्टराईले ‘चेक अनादर’ मुद्दामा पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्नेमा बाँकी राखेकी थिइन् । त्यस्तै, यमुना गुरुङ र अन्जना गुरुङ दुवै ‘अंशवण्डा’ मुद्दामा दोषी ठहर भई जनही आठ सय पच्चीस रुपैयाँ तेत्तीस पैसा जरिवाना तिर्नुपर्नेमा फरार रहेका थिए ।
जम्मा दुई हजार एक सय पचास रुपैयाँ छैसठ्ठी पैसा बराबरको जरिवाना असुलका लागि पक्राउ परेकालाई अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन यस्ता अपरेशन निरन्तर जारी रहने छन् ।
सम्बन्धित खबर
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
नवौं संस्करणको वालिङ महोत्सव सुरु
बिरुवामा तीन नाल भरुवा बन्दुक र विस्फोटक सामग्रीसहित दुई जना पक्राउ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
नवौं चरणको वालिङ महोत्सव आजदेखि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो