काठमाडौँ । डेङ्गीको सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमण पनि बढ्न थालेको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार तीन हजार २४७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । पछिल्लो एक हप्तामा २११ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । यसैगरी, डेङ्गी सङ्क्रमणबाट दुई जनाको निधन भएको छ ।
कोशी प्रदेशमा ५६८, मधेस प्रदेशमा ६२, बाग्मती प्रदेशमा ६७५, गण्डकी प्रदेशमा ९१४, लुम्बिनी प्रदेशमा ५५१, कर्णाली प्रदेशमा ९३ र सुदूरपश्चिम प्रदेशमा ३८४ जनामा डेङ्गी सङ्क्रमण देखिएको प्रमुख डा दाहालले जानकारी दिए । पानी पर्ने क्रम जारी रहेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन समेत उनले आग्रह गरे ।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएपछि त्यसले टोकेपछि डेङ्गी रोग लाग्दछ । डेङ्गी रोकथामका लागि सरकारले प्रत्येक शुक्रबार लामखुट्टै खोज र नष्ट अभियान सञ्चालन गरेको छ ।
सन् २०२४ मा डेङ्गी सङ्क्रमण ७६ जिल्लामा फैलिएको थियो भने यसबाट १५ जनाको मृत्यु हुनुका साथै ४१ हजार ८६५ जना सङ्क्रमित भएका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु