संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आ.व. २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन(लिसा)को नतिजामा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका देशकै उत्कृष्ट गाउँपालिका सूचीमा परेको छ ।
गाउँपालिकाको संस्थागत क्षमता, योजना कार्यान्वयन, पारदर्शिता, सुशासन र सेवा वितरणलाई आधार मान्दै गरिएको मूल्याङ्कनमा अर्जुनचौपारीले ८८.७५ अंक प्राप्त गर्दै गाउँपालिकामध्ये राष्ट्रिय स्तरमा तेस्रो स्थान हासिल गरेको हो ।
गाउँपालिकामध्ये बाग्मती प्रदेशको धादिङस्थित बेनीघाट रोराङ गाउँपालिका ९१.७५ अंकका साथ पहिलो र लुम्बिनी प्रदेशको गुल्मीस्थित रूरूक्षेत्र गाउँपालिका ९० अंकसहित दोस्रो स्थानमा परेका छन् ।
यस्तै, अर्जुनचौपारीले राष्ट्रिय स्तरका उत्कृष्ट १० गाउँ/नगरपालिकाको सूचीमा समेत स्थान बनाउन सफल भएको छ । यस श्रेणीमा अर्जुनचौपारी १० औं स्थानमा परेको छ ।
यस उपलब्धिलाई स्थानीयवासीले गौरवको विषयका रूपमा लिएका छन् । गाउँपालिकाले विगत केही वर्षयता शिक्षा, स्वास्थ्य, सामाजिक उत्तरदायित्व र प्रशासनिक पारदर्शितामा दिएको प्राथमिकता नै यस सफलताको मुख्य आधार भएको बताइन्छ ।
त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आ.व. २०८०/८१ का लागि गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको सार्वजनिक नतिजा अनुसार नगरपालिकातर्फ बाग्मती प्रदेशको धादिङस्थित नीलकण्ठ नगरपालिका ९३.५० अंकसहित पहिलो स्थानमा परेको छ । त्यसपछि सोही प्रदेशको चितवनस्थित खैरहनी नगरपालिका ९२.७५ अंकसहित दोस्रो र लुम्बिनी प्रदेशको रुपन्देहीस्थित तिलोत्तमा नगरपालिका ९१.२५ अंकसहित तेस्रो स्थानमा परेका छन् ।
यसैगरी, राष्ट्रिय स्तरका उत्कृष्ट १० गाउँपालिका तथा नगरपालिकाको सूचीमा पनि यी स्थानीय तहले स्थान बनाउन सफल भएका छन् । सो सूचिमा नीलकण्ठ, खैरहनी, बेनीघाट रोराङ, तिलोत्तमा, देवदह, सूर्योदय, इलाम, रूरूक्षेत्र, बाणगंगा, रत्ननगर, अर्जुनचौपारी र तानसेन पर्न सफल भएका छन् ।
मन्त्रालयले सभाहलमा उत्कृष्ट पालिकाहरुलाई शुक्रबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेद्वारा सम्मान गरेको थियो ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन हरेक वर्ष संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने गर्दछ, जसले देशभरका गाउँपालिका र नगरपालिका स्तरमा प्रतिस्पर्धा सिर्जना गर्ने विश्वास लिइएको छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्