कास्कीको रूपा कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट

उत्कृष्टता

कास्कीको रूपा कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट

कास्कीका गाउँपालिकाहरूमा शीर्ष स्थानमा

Rupa-gaupalika

पोखरा । संघीय मामिला मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा कास्कीको रुपा गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाका गाउँपालिकाहरूमध्ये शीर्ष स्थान हासिल गर्न सफल भएको छ।

कुल ८७.०० अंक प्राप्त गर्दै रुपाले सेवा प्रवाह, वित्तीय व्यवस्थापन र शासकीय प्रबन्ध जस्ता महत्वपूर्ण सूचकहरूमा आफूलाई अब्बल साबित गरेको हो। आयोगले सार्वजनिक गरेको तथ्यांकले रुपा गाउँपालिकाले नागरिकलाई प्रदान गर्ने सेवाको गुणस्तर र प्रभावकारितामा विशेष ध्यान दिएको देखाउँछ।

कार्यसम्पादन मूल्यांकनको अंकलाई संघीय सरकारले स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको रकम निर्धारण गर्ने एउटा मुख्य आधार मानिन्छ। उत्कृष्ट कार्यसम्पादन गर्ने पालिकाले बढी अनुदान प्राप्त गर्ने भएकाले रुपा गाउँपालिकाको यो सफलताले आगामी आर्थिक वर्षमा थप स्रोत प्राप्त गर्नसमेत मद्दत पुग्नेछ।

रुपा गाउँपालिकाको यो नतिजाले सीमित स्रोतसाधनका बाबजुद पनि कुशल नेतृत्व, स्पष्ट कार्यदिशा र प्रभावकारी कार्यान्वयन भएमा नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको अध्यक्ष नवराज ओझाले बताएका छन् । रूपा गाउँपालिका ८७.००, मादी गाउँपालिका ८१.००, अन्नपूर्ण गाउँपालिका ८६.०५, माछापुच्छ्रे गाउँपालिका ८३.०० अंक प्राप्त गरेका छन् ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको नतिजामा कास्की जिल्लाका पाँच स्थानीय तहमध्ये अन्नपूर्ण गाउँपालिका पहिलो भएको छ।

पालिका आफैले गरेर पठाउने मूल्यांकन पद्दति लिजा हो । त्यसका आधारमा मन्त्रालयले परीक्षण पश्चात मूल्यांकन अंक कायम गर्छ । त्यसअनुसार रुपा पहिलो देखिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds