गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परम्परागत तीज गीत प्रतियोगिताले मौलिक तीजे भाकाहरू जीवन्त राख्न सघाउ पुग्ने बताएका छन् ।
पोखराको मालेपाटन स्थित सूर्यचन्द्र विकास समाजले आयोजना गरेको ११ औं मालेपाटन तीज गीत प्रतियोगिताको शुभारम्भ गर्दै प्रदेश प्रमुख भट्टले पछिल्लो प्रविधियुक्त समयमा तीजको मौलिकतालाई पनि असर गरिरहेको सन्दर्भमा यस्ता प्रतियोगिताहरुको महत्व रहने उल्लेख गरे ।

‘निराहार व्रत बस्नुअघि माइत गएर खाइने दर हप्तौंअघि होटल तथा पार्टी प्यालेसहरुमा खाने प्रचलन बढ्दो छ । सुसभ्य तीज गीतहरु सुन्नै मुस्किलको अवस्था छ । समाजको यो परिवेशका बीचमा सूर्यचन्द्रले आयोजना गरेको यस्ता तीज गीत प्रतियोगिताले हाम्रा भाकाहरु जीवन्त राख्न सघाउ पु¥याउनेछ ।’ उनले भने ।
संस्कृति सम्पूर्ण समाजको जीवन पद्धति रहेको बताउँदै उहाँले मानिसको धर्म, भाषा, शिष्टाचार, अनुष्ठान र कला संस्कृतिमा समाविष्ट हुने उल्लेख गरे ।

‘नेपाली संस्कृति धेरै पुरानो र विविधतायुक्त छ । युवाहरूले आफ्नो संस्कृतिलाई प्रवद्र्धन र रक्षा गर्न जरुरी छ ।’ उनले भने– ‘समयकाल परिवर्तनसँगै कुनै पनि संस्कृतिको नराम्रा पक्षलाई सुधार्नु जरुरी छ भने अनुकूल सांस्कृतिक पक्षलाई बचाइराख्न पनि उत्तिकै आवश्यक हुन्छ । यिनको मूल्य, मान्यता र पहिचानलाई भने कायम गर्नुपर्ने हुन्छ ।’
हामीले हाम्रा सन्ततिलाई दिने भनेकै हामीसँग भएको संस्कार, संस्कृति, रीतिरिवाज र चालचलन हो भन्दै उनले धार्मिक, सामाजिक, सांस्कृतिक तथा वैज्ञानिक महत्व र विशेषता भएका यस्ता पर्वहरूको संरक्षण गर्नु हामी सबैको साझा कर्तव्य रहेको उल्लेख गरे ।

२०५१ सालमा स्थापित संस्थाले ३१ वर्षको लामो अवधिमा साहित्य र संस्कृतिको धरोहर बनेर साहित्य, कला, संस्कृति, राष्ट्रिय कवि सम्मेलन, दुव्र्यसन सम्बन्धी सचेतना, विभिन्न स्वास्थ्य शिविर, वातावरण संरक्षण, महिला सशक्तिकरण, पठन संस्कृतिको विकासका लागि पुस्तकालय, विद्यार्थी तथा जेष्ठ नागरिक सम्मान जस्ता विविध क्षेत्रमा काम गर्दै आइरहेको जानकारी पाउँदा खुशी लागेको बताए ।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो