स्वास्थ्य केन्द्र तोडफोड गर्ने युवक पक्राउ

स्वास्थ्य केन्द्र तोडफोड गर्ने युवक पक्राउ

arrest-1

स्याङ्जाको पुतलीबजार नगरपालिका –२ चिरुवामा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा तोडफोड गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार भदौ ८ गते आइतबार राति करिब ८ बजे स्वास्थ्य केन्द्रको झ्याल, ढोका लगायतका सामग्री तोडफोड भएको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा सो घटनामा संलग्न रहेको आरोपमा पुतलीबजार –२ बस्ने २२ वर्षीय राम किसन गुरुङलाई भदौ ९ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीका अनुसार गुरुङलाई आपराधिक उपद्रव गरेको कसूरमा पक्राउ गरी स्याङ्जा जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रहरीले स्वास्थ्य संस्था लक्षित तोडफोडलाई गम्भीर अपराधका रूपमा लिएको बताएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds