१२ वर्षदेखि फरार अर्जुनचौपारीका अपहरण कसूरदार पोखराबाट पक्राउ

१२ वर्षदेखि फरार अर्जुनचौपारीका अपहरण कसूरदार पोखराबाट पक्राउ

arrest-pakrau

अदालतको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन स्याङ्जा प्रहरीले १२ वर्षदेखि फरार रहेका अपहरण कसूरदारलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अपरेसन टोलीले स्याङ्जा अर्जुनचौपारी गाउँपालिका –५ बस्ने ३८ वर्षीय ठाकूर बिकलाई पक्राउ गरेको हो । उनलाई २०७० साल चैत १८ गते उच्च अदालत पोखराले अपहरण तथा शरीर बन्धक कसूरमा २ वर्ष ९ महिना ५ दिन कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

फैसाला भएपछि फरार बनेका बिकलाई प्रहरी टोलीले २०८२ साल भदौ १० गते कास्कीको पोखरा–छोरेपाटनबाट पक्राउ गरी भदौ ११ गते जिल्ला अदालत स्याङ्जामा पेश गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

प्रहरीका अनुसार अदालतले तोकेको कैद सजाय र जरिवाना असुल गर्न उनलाई कारागार चलान गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds