पोखरा । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले संचालन गरेको स्नातक तहको प्रवेश परीक्षा -२०८२ मा पोखरा महानगरपालिका -२३ का आयुष पराजुलीले एक नम्बरमा नाम निकाल्न सफल भएका छन् ।
पोखरा रामबजारस्थित एसओएस हर्मन माइनर माध्यमिक विद्यालयबाट कक्षा ११ र १२ उत्तीर्ण गरेका पराजुली पोखरा -२३ चापाकोट निवासी हुन् । उनले आफ्नो गाउँमा नै बसेर अनलाइनमा तयारी गरी प्रवेश परिक्षामा सहभागी भएका थिए ।
आयुषले एसईई परिक्षामा ३. ९५ जिपिए अंक प्राप्त गरेका थिए। आयुषका बुवा केदार पराजुली पोखरा महानगरपालिका -२३ ठुलाखेत स्थित सिद्धबराह माविमा शिक्षकको रुपमा कार्यरत छन् ।
आइओईको प्रवेश परिक्षामा यस बर्ष आएको नतिजासँगै एसओएस विद्यालय लगातार दोस्रो वर्ष पनि नेपाल टपर उत्पादन गर्ने बिद्यालयको रुपमा स्थापित भएको छ। यसै सन्दर्भमा विद्यालयले एक बधाई सन्देश जारी गर्दै आफ्ना प्रतिभाशाली विद्यार्थी आयुषले राष्ट्रियस्तरमा सर्वोत्कृष्ट नतिजा ल्याएकोमा खुसी व्यक्त गरेको छ ।
विद्यालयका अनुसार, गत वर्ष २०८१ को प्रवेश परीक्षामा पनि सोही विद्यालयका कृतन लामिछाने र सुयोग कोइरालाले उत्कृष्ट नतिजा ल्याएका थिए । यस वर्ष आयुषले त्यो सफलतालाई निरन्तरता दिएको बिद्यालयले उल्लेख गरेको छ ।
‘यस सुखद क्षणमा हामी हाम्रा विद्यार्थी, अभिभावक र सहकर्मीहरूसँग यो खुसी बाँड्न चाहन्छौं,’ विद्यालयका प्रधानाध्यापक चुडामणि सुवेदीले भनेका छन्, ‘हामी आयुषको उज्ज्वल र सफल भविष्यको कामना गर्दछौं ।’

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो