पोखरा । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले संचालन गरेको स्नातक तहको प्रवेश परीक्षा -२०८२ मा पोखरा महानगरपालिका -२३ का आयुष पराजुलीले एक नम्बरमा नाम निकाल्न सफल भएका छन् ।
पोखरा रामबजारस्थित एसओएस हर्मन माइनर माध्यमिक विद्यालयबाट कक्षा ११ र १२ उत्तीर्ण गरेका पराजुली पोखरा -२३ चापाकोट निवासी हुन् । उनले आफ्नो गाउँमा नै बसेर अनलाइनमा तयारी गरी प्रवेश परिक्षामा सहभागी भएका थिए ।
आयुषले एसईई परिक्षामा ३. ९५ जिपिए अंक प्राप्त गरेका थिए। आयुषका बुवा केदार पराजुली पोखरा महानगरपालिका -२३ ठुलाखेत स्थित सिद्धबराह माविमा शिक्षकको रुपमा कार्यरत छन् ।
आइओईको प्रवेश परिक्षामा यस बर्ष आएको नतिजासँगै एसओएस विद्यालय लगातार दोस्रो वर्ष पनि नेपाल टपर उत्पादन गर्ने बिद्यालयको रुपमा स्थापित भएको छ। यसै सन्दर्भमा विद्यालयले एक बधाई सन्देश जारी गर्दै आफ्ना प्रतिभाशाली विद्यार्थी आयुषले राष्ट्रियस्तरमा सर्वोत्कृष्ट नतिजा ल्याएकोमा खुसी व्यक्त गरेको छ ।
विद्यालयका अनुसार, गत वर्ष २०८१ को प्रवेश परीक्षामा पनि सोही विद्यालयका कृतन लामिछाने र सुयोग कोइरालाले उत्कृष्ट नतिजा ल्याएका थिए । यस वर्ष आयुषले त्यो सफलतालाई निरन्तरता दिएको बिद्यालयले उल्लेख गरेको छ ।
‘यस सुखद क्षणमा हामी हाम्रा विद्यार्थी, अभिभावक र सहकर्मीहरूसँग यो खुसी बाँड्न चाहन्छौं,’ विद्यालयका प्रधानाध्यापक चुडामणि सुवेदीले भनेका छन्, ‘हामी आयुषको उज्ज्वल र सफल भविष्यको कामना गर्दछौं ।’

सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो