पोखरा, २४ असोज । विजयादशमीको अवसरमा क्रिष्टल ईण्टरनेशनल मण्टेश्वरी किण्डरवर्ड ठाडोपसल लेकसाईडमा शुभकामना आदानप्रदान गरिएको छ ।
कार्यक्रममा अभिभावक, शुभेच्छुक, विद्यार्थी सहभागिता थियो । त्यसअवसरमा शैक्षिक तथा खेलकुदमा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत पनि गरिएको थियो ।
कार्यक्रममा अभिभावकका लागि अभिमुखिकरण गरिएको थियो । अभिमुखिकरण कार्यक्रममा उपेन्द्र अधिकारी र सुवास पौडेलले सहजिकरण गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले बनाएको चंगा प्रतियोगिता गरिएकोमा युकेजीकी सादिका श्रेष्ठ पहिलो , नर्सरीकी निर्वाणी पुन दोस्रो र एलकेजीकी ईशाना कँुवर तेस्रो भए । त्यस्तै अभिभावककोे चंगा प्रतियोगितामा शान्तिनगर चोकका जीवन ढुंगानाले बनाएको चंगा उत्कृष्ठ भएको छ ।
कार्यक्रममा मन्टेश्वरीकी डाईरेक्टर रिना पौडेलले विद्यार्थीलाई समयानुकुल ज्ञान दिइने गरेको बताईन् । आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देलले अभिभावकको व्यस्त दैनिकीलाई सहज बनाउन मन्टेश्वरीले योगदान दिएको उल्लेख गरे ।
https://www.facebook.com/nabin.sigdel.7/videos/1913981185315069/
क्रिष्टल ईण्टरनेशनल मण्टेश्वरी किण्डरवर्डकी प्रिन्सिपल रेश्मी शर्माको अध्यक्षतामा भएको कार्यक्रमा बिनित छन्त्याल र राजश्री पौडेलले संयुक्तरूपमा संचालन गरेका थिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह