स्याङ्जाको वालिङ् नगरपालिका -१३ का युवा कवि पारिश्वर न्यौपानेको पहिलो कवितासङ्ग्रह ‘सिरौँला’ शनिबार विमोचन गरिएको छ । वालिङ नगरपालिका –८, बिपि चोकस्थित सुभम् पार्टी प्यालेसमा एक भव्य समारोहबीच विमोचनसँगै साहित्यिक विमर्शसमेत गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ कवि, महाकाव्यकार डा. नवराज लम्साल, गण्डकी प्रदेश सभा सदस्य भोजराज अर्याल, डा. शंकरप्रसाद गैरे, ध्रुवप्रसाद शर्मा पङ्गेनी, लक्ष्मीप्रसाद रेग्मी तथा लेखक न्यौपानेले संयुक्त रूपमा कवितासङ्ग्रह ‘सिरौँला’ पुस्तक सार्वजनिक गरेका थिए । कार्यक्रममा कवि मिलन समिरले सहजीकरण गरेका थिए ।
कवितासङ्ग्रह ‘सिरौँला’ माथि केन्द्रित हुँदै महाकाव्यकार डा. नवराज लम्सालले कवितासङ्ग्रहमा संग्रहित कविताहरु सबैको मन-मनमा भिज्ने रहेको बताए । कार्यक्रममा डा. शंकरप्रसाद गैरे, ध्रुवप्रसाद शर्मा पङ्गेनी, लक्ष्मीप्रसाद रेग्मी र लेखक न्यौपानेले समेत गहन विमर्श गरेका थिए ।
वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियानका संस्थापक संयोजक युवाकवि मिलन समीरले सहजीकरण गरेको विमोचनसँगै आयोजित बृहत् सिर्जना वाचन कार्यक्रममा साहित्यकार सम्भु अर्याल, रेशम गोतामे पराजित, प्रेमबन्दु सुवेदी, लोकहरि पाण्डे क्षितिज, शोभाकान्त लम्साल, गुरु ढकाल, बिन्दुराम भण्डारी, स्मारिका अर्याललगायतले आ–आफ्ना उत्कृष्ट रचनाहरु प्रस्तुत गरेका थिए ।
रत्नटीका साहित्य संगमबाट प्रकाशित कवितासङ्ग्रह सिरौँलामा १११ वटा कविताहरु संग्रहित छन् । पहिलो खण्डमा १८, दोस्रोमा ५८, तेस्रोमा १३ र चौथो खण्डमा २२ वटा कविताहरु संग्रहित रहेका छन् । कृतिको मूल्य रु. २५० तोकिएको छ ।
कार्यक्रम लेखक न्यौपानेकी माता टीका कुमारी न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो ।
सम्बन्धित खबर
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस