पोखरा । र्यान्डम रिडर्स सोसाइटीको अध्यक्षमा दीपक पराजुली चयन भएका छन् ।
सोसाइटीको शनिबार पोखरामा सम्पन्न ७ औँ अधिवेशन तथा १५ औँ साधारणसभाले १२ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्याक्षमा नेपालप्रकाश अधिकारी र गौरी तमू, सचिवमा ध्रुव केसी, कोषाध्यक्षमा भरत कोइराला र सहसचिवमा बाबुराम सुवेदी चयन भएका छन् । त्यसै गरी सदस्यहरूमा हसिना बस्नेत, खिम लामिछाने ‘काजी’, विष्णु सुवेदी, रामजीप्रसाद आचार्य, निकिता भट्टराई र शङ्करमणि त्रिपाठी (छन्दमणि) सर्वसम्मत चयन भएका छन् ।
केशवशरण लामिछानेको संयोजकत्वमा गनेस पौडेल र रामजी पौडेल सदस्य रहेको निर्वाचन मण्डलले उक्त प्रक्रिया सम्पन्न गरेको थियो । नवनिर्वाचित कार्यसमितिलाई पूर्व अध्यक्ष उपेन्द्र पौडेलले शुभकामना दिएका थिए ।
यसअघि सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा पूर्व अध्यक्ष गनेस पौडेलले पठन संस्कृतिको विकासका लागि सोसाइटीले पु¥याएको योगदानको चर्चा गरे । कार्यक्रममा पुस्तक छनोट समितिका पूर्व संयोजक कृष्ण केसी, पुतली बजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह ‘बाबा’ लगायतले शुभकामना दिएका थिए ।
साधारण सभाले सचिव नेपालप्रकाश अधिकारीद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष ध्रुव केसीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको थियो ।
पठन संस्कृतिको विकासमा लागिपरेको सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो