पोखराको बाग्लुङ बसपार्क क्षेत्रमा अनैतिक कृयाकलापमा संलग्न भएको आरोपमा २० जना खाजा घरसंचालहरुलाई पक्राउ गरेको छ ।
अनैतिक कार्य भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा बाग्लुङ बसपार्क स्थित १९ जना खाजाघर सञ्चालकलाई र नालामुखका एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी टोलीले भदौ १३ गते दिउँसो २ बजेतिर बाग्लुङ बसपार्क क्षेत्रमा सञ्चालन भइरहेका विभिन्न खाजाघरमा छापा मार्दा यौन व्यवसाय सञ्चालन गरेको देखिएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
प्रहरीले पक्राउ परेकाहरू माथि लागुऔषध सेवन, यौनजन्य गतिविधि तथा क्षेत्रीय अशान्तिमा संलग्न रहेको आरोप लगाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
पक्राउ पर्नेहरुमा प्रकाश गुरुङ, निरु तामाङ, राधिका नेपाली, टिका माया तामाङ, विष्णु किसान, आशा मगर, माया कार्की, मन कुमारी किसान, मञ्जु लामा, लक्ष्मी बिक, आशा तामाङ, सुवास दर्जी, बिमला मगर, मनदेवी घर्ती, बेल कुमारी रानाभाट, मिना कुमारी गुरुङ, सरिता परियार, मिना सिर्पाली र सता परियार रहेका छन् ।
एक दशकअघि बसन्त कुमार लामाले कास्की प्रहरी नेतृत्व सम्हाल्दा बाग्लुङ बसपार्क क्षेत्र ‘क्लियर’ गरेका थिए । बसपार्कबाट अनैतिक कृयाकलाप गर्ने र गराउनेलाई त्यहाँबाट हटाएपनि त्यसपछि पनि विभिन्न ठाउँहरूमा छरिएर व्यवसाय सञ्चालन हुँदै आएको बताइन्छ । अहिले कास्की प्रहरी प्रमुख श्यामबाबु ओलिया छन् ।



सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो