पोखरा बाग्लुङ बसपार्क क्षेत्रमा यौन व्यवसाय गरेको आरोपमा २० जना खाजाघर सञ्चालक पक्राउ

पक्राउ

पोखरा बाग्लुङ बसपार्क क्षेत्रमा यौन व्यवसाय गरेको आरोपमा २० जना खाजाघर सञ्चालक पक्राउ

एक दशकअघि बसन्त कुमार लामाले कास्की प्रहरी नेतृत्व सम्हाल्दा बाग्लुङ बसपार्क क्षेत्र 'क्लियर' गरेका थिए

pokhara buspark area 1

Photo: Bishal Sigdel

पोखराको बाग्लुङ बसपार्क क्षेत्रमा अनैतिक कृयाकलापमा संलग्न भएको आरोपमा २० जना खाजा घरसंचालहरुलाई पक्राउ गरेको छ ।

अनैतिक कार्य भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा बाग्लुङ बसपार्क स्थित १९ जना खाजाघर सञ्चालकलाई र नालामुखका एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी टोलीले भदौ १३ गते दिउँसो २ बजेतिर बाग्लुङ बसपार्क क्षेत्रमा सञ्चालन भइरहेका विभिन्न खाजाघरमा छापा मार्दा यौन व्यवसाय सञ्चालन गरेको देखिएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रहरीले पक्राउ परेकाहरू माथि लागुऔषध सेवन, यौनजन्य गतिविधि तथा क्षेत्रीय अशान्तिमा संलग्न रहेको आरोप लगाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

पक्राउ पर्नेहरुमा प्रकाश गुरुङ, निरु तामाङ, राधिका नेपाली, टिका माया तामाङ, विष्णु किसान, आशा मगर, माया कार्की, मन कुमारी किसान, मञ्जु लामा, लक्ष्मी बिक, आशा तामाङ, सुवास दर्जी, बिमला मगर, मनदेवी घर्ती, बेल कुमारी रानाभाट, मिना कुमारी गुरुङ, सरिता परियार, मिना सिर्पाली र सता परियार रहेका छन् ।

एक दशकअघि बसन्त कुमार लामाले कास्की प्रहरी नेतृत्व सम्हाल्दा बाग्लुङ बसपार्क क्षेत्र ‘क्लियर’ गरेका थिए । बसपार्कबाट अनैतिक कृयाकलाप गर्ने र गराउनेलाई त्यहाँबाट हटाएपनि त्यसपछि पनि विभिन्न ठाउँहरूमा छरिएर व्यवसाय सञ्चालन हुँदै आएको बताइन्छ । अहिले कास्की प्रहरी प्रमुख श्यामबाबु ओलिया छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ