पोखरा । विद्यार्थीहरुको पढाइ सँगसंगै अतिरिक्त क्रियाकलापमा अब्बल बनाउने उद्देश्यले पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न गर्यो ।
आइतबार कक्षा ४ र ५ तथा सोमबार कक्षा २ र ३ का विद्यार्थीहरूले कक्षागत रुपमा आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए ।
विद्यालयका फाइनान्स डाइरेक्टर विश्वगोपाल पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पराजुलीले विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्नका लागि विद्यालयले समय समयमा विद्यार्थी केन्द्रित कार्यक्रम गर्दै आइरहेको बताए ।

विद्यार्थीहरुको विभिन्न संस्कृति झल्कने नृत्यबाट आफू अत्यन्त हर्षित भएको पराजुलीले बताए । बालबालिकाहरू प्रकृतिका एउटा अनुपम उपहार भएको बताउँदै उनीहरुले आफ्नो क्षमतालाई समयमै चिनेर अघि बढ्नुपर्ने उनले बताए ।
विद्यार्थीहरूले विभिन्न जातजाति, क्षेत्र, सामाजिक तथा विविध सांस्कृतिक झल्कने नृत्यहरुमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । गायनमा अब्बल विद्यार्थीहरूले गीत प्रस्तुत गरे ।
४ वटै कक्षाको बेग्लाबेग्लै कार्यक्रममा सम्बन्धित कक्षाका विद्यार्थीहरूले अध्यक्षता ग्रहण, स्वागत र सञ्चालन गरेका थिए ।

कार्यक्रममा सहायक प्रिन्सिपल प्रदीप खनालले पनि प्रतिभा अवलोकन गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो