स्याङ्जामा प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गरेका दुईवटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
मंगलबार बिहान करिब ११:३० बजे प्रहरी चौकी दहथुमबाट खटिएको प्रहरी टोलीले भीरकोट नगरपालिका –२, ठाडोलाइन क्षेत्रमा सवारीसाधन चेकजाँच गर्ने क्रममा ग १ त ७४०९ नम्बरको ट्याक्टरले स्टक प्रमाणित नभएको बालुवा ओसारपसार गरेको फेला पारेपछि नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको ट्याक्टरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भीरकोट नगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
यसैगरी, अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा वालिङ नगरपालिका –९, नाकेडाँडामा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष टोलीले ग १ त ५७६९ नम्बरको ट्याक्टरलाई बालुवा लोड गर्दै गरेको अवस्थामा फेला पारेको थियो । उक्त ट्याक्टरसमेत नियन्त्रणमा लिइ अनुसन्धान तथा कारबाहीका लागि वालिङ नगरपालिकाको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले दुवै ट्याक्टरलाई कानूनी प्रक्रिया अनुसार कारबाही अघि बढाइने बताए ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
नवौं संस्करणको वालिङ महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो