फरार कसूरदार पक्राउ: ७ वर्षअघि लागूऔषध मुद्दामा सजाय भोग्न बाँकी पौडेल पोखरामा समातिए

फरार कसूरदार पक्राउ: ७ वर्षअघि लागूऔषध मुद्दामा सजाय भोग्न बाँकी पौडेल पोखरामा समातिए

arrest-pakrau

लागूऔषध मुद्दामा कास्की जिल्ला अदालतले सजाय तोकेर फरार रहेका एक कसूरदारलाई विशेष अपरेशन टोलीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले फेदिखोला गाउँपालिका –५ घर भएका ३० वर्षीय सन्दिप पौडेललाई मङ्गलबार पोखरा महानगरपालिका –१७ छोरेपाटन सिमलटुंडाबाट पक्राउ गरेको हो ।

२०७५ साल भदौ ५ गते कास्की जिल्ला अदालतले पौडेललाई १ वर्ष ८ महिना १२ दिन कैद र एक लाख रुपैयाँ जरिवाना तोकेको थियो । तर फैसला कार्यान्वयन अघि नै उनी फरार बनेका थिए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी प्रसन्न राज चौधरीका अनुसार पक्राउ परेका पौडेललाई सजाय कार्यान्वयनका लागि स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको छ ।

प्रहरीले अदालतबाट तोकिएका फैसलाको कार्यान्वयनलाई चुस्त र प्रभावकारी बनाउन विशेष अपरेशन अभियान जारी राखेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds