पाेखरा । पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको हत्याको अरोपमा पक्राउ परेका कुसुम पौडेललाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अहिलेसम्म प्रहरी हिरासतमा रहेका पौडेललाई अदालतको आदेशपछि कास्की कारगार चलान गरिएको छ । समाधान दैनिकका लागि सुरेशराज अधिकारीले न्युज लेखेका हुन् ।
न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासले मंगलबार पौडेललाई थप अनुसन्धानका लागि कारागार पठाउने आदेश गरेको हो । नेपाल सरकार वादी र कुसुम पौडेल प्रतिवादी भएको मुद्दामा न्यायाधीश साहले त्यस्तो आदेश गरेका हुन् । जिल्ला अदालत कास्कीमा थुनछेक बहसपछि न्यायाधीश साहले कुसुमलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएका थिए ।
न्यायाधीश साहले अहिलेसम्मका प्रमाणका आधारमा कुसुम कसुदार देखिएको हुँदा पछि ठहरे बमोजिम हुने गरी पुर्पक्षका लागि थुन्न आदेश गरेका हुन् ।
अदालतमा मंगलबार भएको थुनछेक बहसमा कुसुमले श्रीयाको बलात्कारपछि हत्या गरेको बयान दिए । रक्सी खाएर मात्तिएपछि पैसाको प्रलोभन पारेर बाटोभन्दा केही मिटर पर लगेर बलात्कार गर्न लागेको कुसुमको बयान छ । श्रीयाले बलात्कारको प्रतिकार गर्दा घाँटीमा थिचेको र बेहोस भएको थाहा पाएपछि टाउकोमा ढुंगाले हानेर हत्या गरेको बयान कुसुमले अदालतमा दिएका छन् । उनले हत्यापछि श्रीयाको शवलाई झाडीमा फालेका थिए ।
जिल्ला अदालतले कुसुमलाई थुनुवा पुर्जी दिई जिल्ला कारागारमा पठाएको स्रेस्तेदार जगनाथ पौडेलले जानकारी दिए । वादी र प्रतिवादीले दिएको तत्काल प्रमाणको आधारमा अहिले पुर्पक्षका लागि पठाएको स्रेस्तेदार पौडेलले जानकारी दिए ।
जिल्ला सरकारी वकिलको कार्यालयले कुसुमविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा सोमबार जिल्ला अदालतमा दर्ता गराएको थियो । त्यसअघि अनुसन्धान रिपोर्ट र जुटेका जति प्रमाणसहितको अभियोगपत्र जिल्ला प्रहरीले न्यायाधिवक्ताको कार्यालयमा बुझाएको थियो । प्रहरीले मंगलबार अदालतमा कुसुमले बयान दिएको भिडियो रेकर्ड, पोस्टमार्ट रिपोर्ट रिपोर्ट लगायत प्रमाण पेस गरेको छ ।
अदालतमा मंगलबार जिल्ला न्यायाधिवक्ता अजुर्नप्रसाद कोइरालाले कुसुमको विपक्ष र र वैतनिक वकिल कृष्णकुमार श्रेष्ठले पक्षमा बहस गरेका थिए । असोज ९ गते बेलुका पोखरा महानगरपालिका २२ कोदीबाट जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले कुसुम पौडेललाई पक्राउ गरेको थियो । उनी आफ्नै घरबाट पक्राउ परेका थिए ।
असोज ८ गते साँझ घरबाट बिस्कुट किन्न ५ मिनेटको बाटोमा रहेको दोकानमा गएकी श्रीया ९ गते विहान मृत फेला परेकी थिइन् । हत्यारा पत्ता लागिसकेको अवस्थामा अस्पतालभित्रै लास राखेर पनि केही नहुने भन्दै गत १७ गते श्रीयाका आफन्तले उनको दाहसंस्कार गरेका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु