पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश सभाका पदाधिकारी तथा सदस्हयरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७४ को अनुसूची परिमार्जन गरेकाे छ । ऐनको मूल अंश परिमार्जनका लागि प्रदेश सभामा नै लैजानुपर्ने भए पनि अनुसूची भने मन्त्रिपरिषद्ले परिमार्जन गर्न सक्छ ।
ऐनको अनुसूची परिमार्जन सम्बन्धी सूचना साउन २९ प्रदेश राजपत्र प्रकाशनमा समेत आइसकेको छ । पछिल्लोपटक संशाेधन गरिएको अनुसूची अपांगता भएका प्रदेश सभा सदस्यको सुविधासँग सम्बन्धित छ । श्रवण समस्या भएकी सुनीता थापा समानुपातिक कोटाबाट प्रदेश सभामा आएपछि दोभासेको माग गर्दै आएकी थिइन् ।
गण्डकी प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७४ को अनुसूचीका सबै अंश यथावत राखेर द्रस्टव्यमा एउटा बुँदा थप गरिएको छ ।
जसमा भनिएको छ, प्रदेश सभा तथा पदाधिकारीको अपांगताको अवस्था, कारण र स्थिति विचार गरी सहयोगी कर्मचारी बिना निजले दैनिक गतिविधि एवं कार्यसम्पादन गर्न नसक्ने अवस्था भएमा निजको हकमा सहायकस्तर पाँचौं तहसम्मको एकजना सहयोगी कर्मचारी उपलब्ध गराउन सक्नेछ भन्ने प्रावधान थप गरिएको छ ।
उक्त ऐनले प्रदेश सभा सदस्यलाई सहायकस्तर पाँचौं तहसम्मको स्वकीय सचिव उपलब्ध गराउने प्रावधान छ । यो परिमार्जनसँगै अब गण्डकी प्रदेश सभामा अपांगता भएका प्रदेश सभा सदस्य अवस्था हेरी एक जना थप सहयोगी पाउने भएका छन् ।
सरकारको यो निर्णयसँगै प्रदेश सभा सदस्य थापाको सिफारिसमा प्रदेश सभा सचिवालयले एकजना दोभासेलाई सहयोगी कर्मचारीका रुपमा नियुक्त गरेको छ । प्रदेश सभाको बैठक बसेका दिन दोभासेको काम गर्दै आएका सुवास कोइरालालाई नै सुनीताको सहयोगीका रुपमा नियुक्त गरिएको हो । कोइरालाले सहायक पाँचौं अर्थात् नायव सुब्बा सरहको सुरु तलब पाउने भएका छन् ।
सम्बन्धित खबर
अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
बाघको आक्रमणमा दुई बाख्रा मरे
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण