सुनचाँदीको मूल्यमा ऐतिहासिक रेकर्ड: सुन तोलाको २ लाख १२ हजार पुग्यो

सुनचाँदी

सुनचाँदीको मूल्यमा ऐतिहासिक रेकर्ड: सुन तोलाको २ लाख १२ हजार पुग्यो

Gold-silver

काठमाण्डौ । सुनचाँदीको भाउमा आज नयाँ रेकर्ड बनेको छ । सुन आज तोलामा एक हजार छ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको दुई लाख १२ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ ।

पछिल्लो हप्ता सुनले लगातार कीर्तिमान बनाएको छ । अस्ति शुक्रवार एकैदिन तोलामा दुई हजार पाँच सय रुपैयाँ बढेर सुन तोलाको दुई लाख १० हजार चार सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज तोलामा १० रुपैयाँ बढेर तोलाको दुई हजार पाँच सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

चाँदीको भाउ शुक्रवार तोलाको दुई हजार चार सय ९० रुपैयाँ थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ