युआरएलको सहयोगमा ४ सय जनाको सित्तैमा जाँच

युआरएलको सहयोगमा ४ सय जनाको सित्तैमा जाँच

url camp (2)

पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले शनिबार पोखराका २ स्थानमा भएका शिविरमा करिब चार सय जनाको सित्तैमा रक्त परीक्षण गरेको छ ।

सहयात्री बचत तथा ऋण सहकारीको साधारणसभामा भएको शिविमार २ सय पाँच जनाको सित्तैमा मधुमेह र रगतमा हुने खराब बोसो (टिजी)सम्बन्धी जाँच गरिएको हो ।

यस्तै, नवीन बचत तथा ऋण सहकारीको १९ औं साधारणसभा आयोजित शिविरमा १ सय ८० जनाको सित्तैमा रक्त परीक्षण गरिएको छ ।

शिविरमा थाइराइड (टिएसएच) र क्रेटिनाइन (मिर्गाैलासम्बन्धी रक्त जाँच) सित्तैमा गरिएको हो । १२ वर्षअघि पोखरामा स्थापना भएको युआरएल गण्डकी प्रदेशको एकमात्र आइएसओ प्रमाणित रेफरेन्स ल्याब हो ।

युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्थले १२ वर्षको अवधिमा युआरएल आफैं र विभिन्न संघ, संस्थासँग सहकार्य गरी २ सय ९ निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको जानकारी दिए ।

यो अवधिमा साढे ३ लाख जनाले शिविरबाट निशुल्क रगत जाँच सुविधा लिएको उनको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ