पोखरामा पनि जेन-जीको प्रदर्शन, स्कूले विद्यार्थी पनि सहभागी

प्रदर्शन

पोखरामा पनि जेन-जीको प्रदर्शन, स्कूले विद्यार्थी पनि सहभागी

genz

सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध पोखरामा पनि जेन-जी पुस्ता सडकमा उत्रिएका छन् ।

पोखराको सभागृह चोकमा बिहान ९ बजेदेखि प्रदर्शन सुरू भएको हो । प्रदर्शनकारीहरू सभागृहबाट चिप्लेढुंगा मानवअधिकार चोक पुगेर प्रदर्शन गरेका छन् ।

सरकारले समय सीमा तोकेर नेपालमा दर्ता हुन दिएको समयावधि सकिएपछि हाल बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचारको अन्त्यको माग गर्दै जेनजी पुस्ताका युवाहरूको समूहले काठमाडौँको माइतीघरदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

सभागृह गेट अघि नै युवाहरू आन्दोलनमा उत्रिएपछि सडक अवरुद्ध भएको थियो । प्रहरीले सभागृहचोक हुँदै न्यूरोड, चिप्लेढुंगा जाने सवारी चलाउन रोक लगायो भने यतिबेला चिप्लेढुंगा क्षेत्रमा जाम हुन पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds