पोखरा — आन्दोलनकारीले पोखरा महानगरपालिकाको कार्यालयमा भीषण आगजनी र तोडफोड गरेका छन् ।
जेनजी पुस्ताका प्रदर्शनकारीले पोखरा महानगरपालिकाको कार्यालयमा आगो लगाएका छन्। महानगरको बन्द गेट फोडेर उनीहरूले महानगरको कार्यालयमा आगो लगाएका हुन्।
आगलागीका साथै उनीहरूले महानगरपालिकाको कार्यालयमा तोडफोडसमेत गरेका छन्।
महानगर कार्यालय अघि खटिएका सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडपका क्रममा सुरक्षाकर्मीलाई हटाएर आन्दोलनकारीले कार्यालय कब्जा गरेका छन् ।
महानगरभित्र रहेका सवारी साधनलाई बाहिर ल्याएर आगजनी गरिएको छ । भित्रै रहेका सवारीसाधन तोडफोड गरिएको छ । महानगरअघि हजारौंको संख्यामा आन्दोलनकारी छन् ।
पोखराको सभागृह चोकबाट सुरू भएको प्रदर्शनकारीको जुलुस न्युरोडस्थित महानगरपालिकाको कार्यालय अगाडि पुगेपछि भ्रष्टाचार विरूद्ध नाराबाजी गरेका थिए।
प्रदर्शनकारीले तोडफोड आगजनी प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर गरेका थिए।
प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरी र प्रदर्शनकारीबीच अहिले पनि झडप जारी छ।
महानगरभित्र आगोको मुस्लो बलेको छ भने प्रहरीले निरन्तर हवाई फायर अश्रुग्यास प्रहार गरिरहेको छ।
सम्बन्धित खबर
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह